बिश्व

नजरबन्दमा रहेकी नेतृ सूची सार्वजनिक

काठमाडाैँ । गत फेब्रुअरी १ देखि नजरबन्दमा रहेकी म्यानमारकी नेतृ आङ सान सूची सार्वजनिक भएकी छन् । उनलाई आज भिडियो लिंकमार्फत अदालतमा पेश गरिएको उनका वकिलहरूले बताएका छन् । भिडियोमा हेर्दा उनको स्वास्थ्य अवस्था सामान्य रहेको वकिलहरुको भनाइ छ । सेनाले सत्ता कब्जामा लिएपछि सूचीलाई अज्ञात स्थानमा नजरबन्द गरेर राखिएको छ ।म्यानमारमा सूचीको रिहाइमो माग […]

२०७७ फाल्गुन १७ गते, सोमबार

म्यानमारमा प्रहरीको गोली लागेर १८ जनाको मृत्यु

काठमाडौं । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ । गोली प्रहारलाई संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयले सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन भनेको छ । मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ । उसले आइतवारको घटनामा कम्तीमा १८ जना मारिएको […]

२०७७ फाल्गुन १७ गते, सोमबार

अमेरिकाद्वारा सिरियामाथि हवाई कारबाही !

काठमाडाैं । सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ । इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको थियो । पहाडी इलाकामा भएको यस हवाई कारबाहीमा तीन वटा ट्रकहरू ध्वस्त भएको बताइएको छ ।अब्जरभेटरी प्रमुख रामी अब्दुल रहमानले […]

२०७७ फाल्गुन १४ गते, शुक्रबार

ईयूमा ‘भ्याक्सिन पासपोर्ट’

काठमाडौ । युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले ईयूका अन्य सदस्य राष्ट्रलाई भ्याक्सिनेसन पासपोर्ट स्वीकार्न आह्वान गरेका हुन् । यो पासपोर्टको प्रयोगले महामारीका कारण जर्जर बनेको युरोपको पर्यटन उद्योग उकासिने अपेक्षा गरिएको छ । दुबै देशले युरोप यात्रा गर्नका लागि एउटा […]

२०७७ फाल्गुन १४ गते, शुक्रबार

सुन खानीमा पहिरो : ५ जनाको मृत्यु, ७० जना बेपत्ता !

काठमाडौं । इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रयण निकायले मङ्गलबार जानकारी दिएको छ । प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा […]

२०७७ फाल्गुन १३ गते, बिहीबार

ट्रम्पलाई सम्पति विवरण बुझाउन आदेश !

काठमाडौँ । अमेरिकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो सम्पति विवरण बुझाउन आदेश दिएको छ । ट्रम्पमाथि कर छलीलगायत वित्तीय अपराध भएको आशंकामा अदालतले सम्पूर्ण विवरण पेश गर्न आदेश दिएको हो । यसअघि पदमा रहँदा ट्रम्पले आफ्नो सम्पति विवरण बुझाउन अस्वीकार गर्नुभएको थियो । अदालतको आदेशसँगै ट्रम्पले आफ्नो सम्पूर्ण आर्थिक गतिविधिलगायतका कागजपत्र अनुसन्धानकर्तालाई बुझाउनुपर्ने […]

२०७७ फाल्गुन ११ गते, मंगलवार

आईएसका सात जना मारिए !

काठमाडौं । इराकको उत्तरी प्रान्त किर्कुकमा सेनाको कारवाहीमा इस्लामिक स्टेट (आईएस) समूहका सात जना मारिएका छन् । इराकी सेनाका अनुसार गुप्तचर रिपोर्टका आधारमा गरिएको सैन्य कारवाहीमा आईएसका सात सदस्य मारिएको हो । आईएसको पकड मानिएको क्षेत्रमा सेनाको हवाइ आक्रमणबाट ती लडाकु मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । राजधानी बगदादको उत्तरी क्षेत्रमा रहेको पहाडी इलाकामा […]

२०७७ फाल्गुन ११ गते, मंगलवार

इरानद्वारा राष्ट्रसंघलाई परमाणु केन्द्रको आकस्मिक निरीक्षणमा रोक

काठमाडौँ । इरान राष्ट्रसंघीय अनुगमनकर्तालाई थप तीन महिना आफ्ना परमाणु केन्द्रहरूको अनुगमन गर्न दिन सहमत भएको छ । इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी ‘आईएईए’का प्रमुख राफाएल ग्रोसीले निरीक्षणकर्तालाई अब अनुगमनको कम मात्र पहुँच हुने गरी सहमति भएको भन्दै निरासा ब्यक्त गरेका छन् । ग्रोसीले तीन महिने सम्झौता अस्थायी भएको भन्दै स्थिर र दिगो अवस्था बनाउनका लागि […]

२०७७ फाल्गुन १० गते, सोमबार

अमेरिकाद्वारा इरानसँग आणविक सम्झौताका लागि पुनः वार्ताको आग्रह

काठमाडौँ । अमेरिकाले आणविक सम्झौताका लागि पुनः वार्ता गर्न इरानसँग प्रस्ताव गरेको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय उल्टाउँदै नयाँ ढंगबाट आणविक वार्ताका लागि बाइडेन प्रशासनले आग्रह गरेको हो । विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युरोपेली साझेदारहरुसँगको छलफलमा नयाँ ढंगबाट आणविक सम्झौताका लागि इरानसँग वार्ता गर्न अमेरिका तयार रहेको बताएका हुन् ।इरानसँग प्रत्यक्ष सम्बन्धका […]

२०७७ फाल्गुन ८ गते, शनिबार

अमेरिकी संसदमा भएको आक्रमणबारे छानबनि गर्न आयोग गठन हुने

काठमाडौं । अमेरिकी संसदले गत जनवरी ६ मा संसद भवनमा भएको आक्रमणको छानविन गर्न स्वतन्त्र आयोग गठन गर्ने भएको छ । संसदको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले सांसदहरुलाई सम्बोधन गर्दै संसदमाथि भएको आक्रमणको छानविन गर्न स्वतन्त्र आयोग गठन गर्ने तयारी भएको बताएको बीबीसीले जनाएको छ ।सभामुख न्यान्सीले पूर्व राष्ट्रपति ट्रम्पले स्वतन्तन्त्रतापूर्वक सत्ता हस्तान्तरण गर्नुपर्नेमा हिंसाको […]

२०७७ फाल्गुन ४ गते, मंगलवार