बिश्व

विमान दुर्घटना : २२ जनाको मृत्यु

काठमाडौं । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार बिमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो । मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।रुसी आपत्कालीन मन्त्रालयका अधिकारीले विमानमा २८ जना रहेको बताएका छन् । […]

२०७७ आश्विन १० गते, शनिबार

ट्रम्पद्वारा शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्नेमा संशय

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने निर्वाचनमा पराजीत भएमा शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्ने संकेत दिएका छन । ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले भने , ‘ठीक छ, के हुन्छ हामी हेर्छौं । तपाईं त्यो जान्नुहुन्छ ।’ एक संवाददाताले सोधेको ‘यदि डेमोक्र्याट उम्मेदवार जो बिडेन निर्वाचनमा विजय भए तपाईं शान्तिपूर्ण रुपमा […]

२०७७ आश्विन ८ गते, बिहीबार

ट्रम्पलाई विषालु पत्र पठाउने पक्राउ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषालु पदार्थ मिसिएको पत्र ह्वाइट हाउसमा पठाउने व्यक्तिलाई पक्राउ गरिएको छन्यूयोर्क पोष्टका अनुसार आशंकित व्यक्ति क्यूबेककी ५३ वर्षीया पास्कल फेरियरलाई न्यूयोर्क नजिकैबाट पक्राउ गरिएको हो । जसलाई सन् २०१९ को मार्चमा टेक्ससमा हिरासतमा लिइएको थियो । आफ्नो भिसाको समयावधि सकिएकी उनलाई नक्कली लाइसेन्स लिएर गाडी चलाइरहेको बेलामा पक्राउ गरिएको […]

२०७७ आश्विन ७ गते, बुधबार

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो !

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा कोरोनाबाट दुई लाख व्यक्तिको मृत्यु भएको छ भने साढे ७० लाख मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।चीनको वुहानबाट गत वर्षको डिसेम्बरबाट संसारभर फैलिएको कोभिड–१९ बाट अमेरिका सबैभन्दा बढी प्रभावित बनेको हो । मृतकका दृष्टिले ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ एक लाख ३७ हजार […]

२०७७ आश्विन ६ गते, मंगलवार

ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत पठाइएको एउटा शंकास्पद पत्रमा विषालु पदार्थ पठाइएको खुलेको छ । उक्त शंकास्पद पत्रमा ‘रिसिन’ नामक विषालु पदार्थ भेटिएको हो । सो पत्र ह्वाइट हाउस पुग्नुभन्दा अगावै सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । हाउट हाउस जाने सबै पत्र अनुगमन र निरीक्षण हुने केन्द्रमा विषालु पदार्थ भेटिएको बताइएको छ ।प्रारम्भिक अनुसन्धानमा […]

२०७७ आश्विन ४ गते, आईतवार

रुसद्वारा कोरोना संक्रमितको उपचारका लागि औषधि तयार

काठमाडौँ । कोरोना भाइरस विरुद्धको खोपमा सफलता हासिल गरेको दावी गरेको रुसले कोरोना भाइरस संक्रमितको उपचारका लागि अर्काे एउटा एन्टिभाइरल औषधि बनाएको छ । रुसले सामान्य लक्षणसहितका संक्रमितको उपचारका लागि कोरोनाभिर नामक औषधि तयार गरेको बताएको छ । औषधि प्रयोगका लागि रुसको नियामक निकायले अनुमति समेत दिएको छ । आर–फार्म कम्पनीले बनाएको सो औषधि आगामी […]

२०७७ आश्विन ३ गते, शनिबार

कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो !

काठमाडौँ । वर्ल्डोिमिटर्सको अनुसार विश्वभर कोरोना भाइरस (कोभिड– १९) द्वारा संक्रमति हुनेको संख्या ३ करोड २५ हजार ४७३ पुगेको छ । हालसम्म कोरोना संक्रमणका कारण विश्वरभर ज्यान गुमाउनेको संख्या पनि साढे ९ लाखा पुगेको छ । बिहीबार बिहानसम्म विश्वमा ९ लाख ४४ हजार ७०७ जनाको मृत्यु भइसकेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा सबैभन्दा […]

२०७७ आश्विन १ गते, बिहीबार

कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ९ लाख ३२ हजार नाघ्याे !

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हालसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ९४ लाख ४५ हजार ६८८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १२ लाख ७९ हजार ८३३ व्यक्ति […]

२०७७ भाद्र ३० गते, मंगलवार

‘बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ ‘

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राखेको समाचारमा जनाइएको छ । उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्ने बताए । सो अन्तर्वार्ताका क्रममा उनले सो धारणा […]

२०७७ भाद्र ३० गते, मंगलवार

एकैदिन तीन लाख बढी कोरोना संक्रमित थपिए !

काठमाडौं । एकैदिन तीन लाख बढी कोरोना संक्रमित थपिएक छन । विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घन्टामा तीन लाख सात हजार ९३० जना कोरोना संक्रमित थपिएको जनाएको छ । संक्रमितको संख्या सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा देखिएको छ ।भारतमा कोरोनाका ९४ हजार ३७२, अमेरिकामा ४५ हजार ५२३ र ब्राजिलमा ४३ हजार ७१८ नयाँ संक्रमित […]

२०७७ भाद्र २९ गते, सोमबार