बिश्व

भारतलाई प्रतिबन्ध लगाउने पाकिस्तानकाे तयारी

काठमाडौं ,११ भदौ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले हवाइ उडानका लागि प्रयोग गर्दै आएको पाकिस्तानी भुमिमा भारतको हवाइ मार्ग बन्द गर्ने तयारी गरेका छन् । पाकिस्तानले भारतसँगको आफ्नो हवाई मार्ग पूर्ण रूपमा बन्द गर्ने तयारी थालेको पाकिस्तानका विज्ञान तथा प्रविधिमन्त्री फवाद हुसैन चौधरीले जनाएका हुन् । अफगानिस्तानसँगको कारोबारमा भारतले पाकिस्तानको भूमि प्रयोग गर्दै आएको […]

२०७६ भाद्र ११ गते, बुधबार

जनसन एण्ड जनसनलाई ५७ करोड ७२ लाख डलर जरिवाना

काठमाडौं , १० भदौ । औषधी निर्माता कम्पनी जनसन एण्ड जनसनलाई अमेरिकी अदालतले ५७ करोड ७२ लाख डलरको जरिवाना सुनाएको छ । जनसनले ओपियोडको लत लाग्ने संकट निम्त्याउन दोषी रहेको भन्दै अदालतले जरिवाना गराएको हो । जनसन एण्ड जनसनले दुखाइ रोक्ने औषधीको गलत प्रचार गरेर सर्वसाधारणलाई ओपियोडको कुलतमा फसाउन सहयोग गरेको आरोप लागेको हो । […]

२०७६ भाद्र १० गते, मंगलवार

प्रदर्शनकारीमाथि गोली प्रहार

काठमाडौं, ९ भदौ । हङकङमा सरकार बिरोधी प्रदर्शनमा प्रहरीले गोली प्रहार गरेको छ । दुई महिनादेखि जारी आन्दोलनले उग्र रुप लिएपछि भीड नियन्त्रण गर्न गोली प्रहार गरिएको बताइएको छ । भिक्टोरिया पार्कमा भेला भएका प्रदर्शनकारीहरुलाई तितरबितर पार्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यस्तै प्रहरी र प्रदर्शनकारीबीच भएको झडप […]

२०७६ भाद्र ९ गते, सोमबार

विश्वकै ठूलो कार्बन स्टोरको रुपमा रहेको अमेजन रेनफरेष्टमा आगलागी

काठमाडौं, ६ भदौ । ब्राजिलको अमेजन जंगलमा भईरहेको आगलागीप्रति विश्व समुदायले चिन्ता प्रकट गरेको छ । विश्वकै ठूलो कार्बन स्टोरको रुपमा रहेको अमेजन रेनफरेष्टमा आगलागी हुँदा ग्लोबल वार्मिङको समस्या बढ्ने उनीहरुको चिन्ता छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ब्राजिलको अमेजन रेनफरेस्टमा भइरहेको आगलागीले अन्तर्राष्ट्रिय संकट निम्त्याएको बताएका छन् । आगलागीप्रति लक्षिण गर्दै उनले ‘मेरो घर […]

२०७६ भाद्र ६ गते, शुक्रबार

बलात्कारीलाई मृत्युदण्ड !

काठमाडौं, ५ भदौ । अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ । टेक्सास राज्यमा यसै वर्ष गम्भीर अपराधको अभियोगमा योसहित चार जनालाई मृत्युदण्ड दिइएको छ । टेक्सासको हन्ट्सभिल कारागारमा अभियुक्त ल्यारी स्वेरिनजेनलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको कारागार प्रशासनले जनाएको छ । […]

२०७६ भाद्र ५ गते, बिहीबार

प्रदर्शन रोक्न सयौं सुरक्षाकर्मी परिचालन

काठमाडौं, ४ भदाै । इन्डोनेसियाले पश्चिमी प्रान्तमा फैलिएको हिंसात्मक प्रदर्शन रोक्न सुरक्षाकर्मी परिचालन गरेको छ । विभिन्न समुदायमा फैलिएको हिंसात्मक गतिविधि रोक्न सुरक्षाकर्मी परिचालन गरीएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । पश्चिमी पापुरालाई दुइ भागमा विभाजन गरेको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले बल प्रयोग गर्दा कयौं घाइते भएको समाचारमा जनाइएको छ […]

२०७६ भाद्र ४ गते, बुधबार

अमेरिकी माग अस्वीकार गर्दै इरानी तेल ट्यांकर गन्तव्यतर्फ प्रस्थान

काठमाडौं, २ भदाै । जिब्राल्टरले नियन्त्रणमा लिएपछि कूटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्यांकर जिब्राल्टरले छाडेको छ । बेलायती उपनिवेश जिब्राल्टरले आफूलाई उक्त तेल ट्यांकर सुपुर्दगी गर्न अमेरिकाले गरेको अनुरोधलाई पनि अस्वीकार गरेको छ ।‘म्यारिन’ ट्राफिककाअनुसार जिब्राल्टरको तटीय इलाकाबाट गत जुलाई ४ मा नियन्त्रणमा लिइएको इरानी ‘सुपर’–ट्यांकरलाई आइतबार साँझ छाडिएको थियो । उक्त ट्यांकर दक्षिणतर्फ […]

२०७६ भाद्र २ गते, सोमबार

विवाह समारोहमा आत्मघाती बम बिस्फोट !

काठमाडौं, १ भदौ । वैवाहिक समारोहमा आत्मघाती बम विष्फोटमा कम्तीमा ६१ जनाको मृत्यु, १७१ घाइते भएका छन । अफगानिस्तानको राजधानी काबुलमा गएराति विवाह चलिरहेको एक हलमा बिष्फोट हुँदा ६१ जनाको प्राण जाँदा १७१ जना घाइते भएका हुन् । थुप्रैलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको बीबीसीले जनाएको छ । मृतकको संख्या थप बढ्न सक्ने अस्पताल स्रोतले बताएको […]

२०७६ भाद्र १ गते, आईतवार

उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपण

काठमाडौं, ३१ साउन । उत्तर कोरियाले दक्षिण कोरियासँगको शान्ति वार्ता प्रस्तावलाई अस्वीकार गरेको छ । दक्षिण कोरियाकै गतिविधिकै कारण ऊसँग वार्ताको सम्भावना नरहेको उत्तर कोरियाले स्पष्ट पारेको छ । दक्षिण कोरियाको पछिल्ला गतिविधिले वार्ताको वातावरण पूर्णरुपमा नष्ट गरेको उत्तर कोरियाको आरोप छ । दक्षिण कोरिया र अमेरिकाले हाल संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । जसबाट […]

२०७६ श्रावण ३१ गते, शुक्रबार

भारतसँग युद्धका लागि तयार छौं : इमरान

काठमाडौं , ३० साउन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध भए आफुहरु त्यसका लागि तयार भएको चेतावनी दिएका छन् । पाकिस्तान प्रशासित एसेम्बलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तान युद्धका लागि तयार रहेको चेतावनी दिएका हुन् । उनले भारत अब पाकिस्तान प्रशासित कश्मीरमा केही गर्नको लागि तयारी अवस्थामा रहेको जिकिर गरे । प्रधानमन्त्री खानले भारतीय […]

२०७६ श्रावण ३० गते, बिहीबार