बिश्व

सोमालियामा विष्फोट, १४ जनाको मृत्यु

काठमाडौं, १२ कात्तिक । सोमालियाको राजधानी मोगादिसुमा दुई वटा शक्तिशाली विष्फोट हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । पहिलो विष्फोट कारमा राखिएको विष्फोटक पदार्थ स्थानीय होटलमा विष्फोट गराइएको थियो । त्यसपछि लडाकुहरुले होटलमा धावा बोलेका थिए । दोस्रो विष्फोट पहिलाको संसद् भवन नजिकै गराइएको थियो । विष्फोटमा परि धेरै घाईते भएका छन् । विष्फोटको […]

२०७४ कार्तिक १२ गते, आईतवार

क्याटलोनियाको स्वातन्त्रता खारेज

काठमाडौँ, ११ कात्तिक । क्याटलोनियाको स्वतन्त्रता खारेज गरिएको छ । स्पेनले क्षेत्रीय सरकार र संसद्लाई विघटन गर्दै निर्वाचनको घोषणा गर्दै क्याटलोनियामा प्रत्यक्ष शासन लागू गरेको छ । क्याटलोनियालाई ‘सामान्य अवस्थामा फर्काउन’का निम्ति केन्द्र सरकारको प्रत्यक्ष शासन लागू गर्न आवश्यक भएको स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले बताएका छन् । प्रधानमन्त्री राखोयले क्याटलोनियाका अधिकांश जनताले स्वतन्त्र हुने कदमलाई […]

२०७४ कार्तिक ११ गते, शनिबार

दुव्र्यसनीका कारण मुलक नै लज्जित: ट्रम्प

काठमाडौं, १० कात्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अत्याधिक पेन किलर सेवन गर्ने अमेरिकी दुव्र्यसनी मुलुकका लागि लज्जाको विषय बनेको टिप्पणी गरेका छन् । राष्ट्रपति ट्रम्पले यसलाई सार्वजनिक स्वास्थ्यको संकटकालका रुपमा घोषणा पनि गरेका छन् । प्रतिदिन १४० जनाको मृत्युको कारण बनिरहेको पेन किलर दुव्र्यसनी रोक्न उनले नयाँ योजना पनि अघि सारेका छन् । राष्ट्रपति […]

२०७४ कार्तिक १० गते, शुक्रबार

जर्ज बुसमाथि यौन उत्पीडनको आरोप

काठमाडौं, ९ कात्तिक । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुस सिनियरमाथि एक अभिनेत्रीले यौन उत्पीडनको आरोप लगाएकी छन् । ९३ वर्षीय बुस सिनियरले अभिनेत्री हिथर लिन्डले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् । उनले पूर्वराष्ट्रपति बुसले ह्वीलचेयरमा बसीबसी आफूलाई छोएको र फोटो खिचाउने क्रममा नराम्रा शब्द प्रयोग गर्दै ख्याल गरेको आरोप लगाएकी हुन् । हिथरले […]

२०७४ कार्तिक ९ गते, बिहीबार

सिनेटर जेफ फ्लेकद्वारा ट्रम्पको चर्को आलोचना

काठमाडौं , ८ कार्तिक । अमेरिकाका रिपब्लिकन सिनेटर जेफ फ्लेकले राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गर्दै आफू पुनः निर्वाचनमा नजाने बताएका छन् । एरिजोनाका रिपब्लिकन सिनेटर फ्लेकले अमेरिकी सरकारको शीर्ष तहमा लापरबाह, अपमानजनक र अशोभनीय व्यवहार भएका व्यक्ति बस्नु प्रजातन्त्रका लागि खतरापूर्ण भएकोसमेत बताएका छन् । राष्ट्रपति ट्रम्पले आफूलाई गाली गर्दै विषाक्त भनेकोमा आपत्ति जनाउँदै सिनेटर […]

२०७४ कार्तिक ८ गते, बुधबार

ट्रम्पप्रति युद्धमा मारिएका सैनिक पत्नीको आक्रोस

काठमाडौं, ७ कात्तिक । युद्धका क्रममा मारिएका एकजना अमेरिकी सैनिककी श्रीमती मेसिया जनसनले राष्ट्रपति डोनाल्ड ट्रम्पले समवेदना व्यक्त गर्दा उनका श्रीमानको नाम सम्झन नसकेको भन्दै आक्रोस व्यक्त गरेकी छन् । राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गर्न टेलिफोन गर्दा आफ्ना मृतक श्रीमान् सैनिकको नाम सम्झन नसकेको भन्दै मेसिया जनसनले दुःख र आक्रोस व्यक्त गरेकी हुन् । नाइजरमा […]

२०७४ कार्तिक ७ गते, मंगलवार

जापानमा सत्तारुढ गठबन्धनले दुई तिहाई बहुमत ल्याउने संकेत

काठमाडौँ , ६ कात्तिक । जापानमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री सिन्जो आबेको पार्टीले दुई तिहाई बहुमत ल्याउने सर्वेक्षणहरुले देखाएका छन् । सर्वेक्षणहरुले प्रधानमन्त्री आबेको पार्टी लिबरल डेमोक्रेटिक र त्यससँगको गठबन्धनमा आबद्ध दलहरुले दुई तिहाई सिट जित्ने देखाएका हुन् । मतदाता माझ गरिएका एक्जिट पोलले आबे र उनको दलसँग गठबन्धन गरेका पार्टीहरुले करिब ३ सय […]

२०७४ कार्तिक ६ गते, सोमबार

उत्तर कोरियाद्वारा चेतावनी पत्र

काठमाडौं, ५ कात्तिक । उत्तर कोरियाले विभिन्न मुलुकलाई पत्र पठाएर परमाणु कार्यक्रम र अमेरिकासँगको तनावका बारेमा आफ्नो धारणा राखेको छ । स्ट्रेलियाका विदेशमन्त्री जुली विशपको फेसबुकमा उत्तर कोरियाले अस्ट्रेलियालाई पठाएको पत्र सार्वजनिक गरिएको छ । पत्रमा उत्तर कोरियाले आफूलाई परमाणु हतियार सम्पन्न मुलुक घोषणा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वलाई परमाणु युद्धतिर धकेलिरहेको आरोप लगाएको […]

२०७४ कार्तिक ५ गते, आईतवार

आत्मघाती विस्फोट, १५ सैनिक अधिकृत मारिए

काठमाडौं, ५ कात्तिक । अफगानिस्तानको काबुलस्थित सैनिक क्याम्पमा आत्मघाती बम विस्फोटमा १५ जना सैनिक अधिकृत मारिएका छन् । काबुलमा रहेको फहीम सैनिक क्याम्पबाट गस्तीका लागि मिनीबस चढ्ने क्रममा रहेका सैनिकलाई लक्षित गरी क्याम्पको ढोकामा आत्मघाती बम बिस्फोट हुँदा उनीहरु मारिएका हुन् । घटनामा चारजना घाइते भएका छन् । क्याम्प अगाडी हिंडेर आएका ब्यक्तिले आत्मघाती बिस्फोट […]

२०७४ कार्तिक ५ गते, आईतवार

अफगानिस्तानमा आतंकवादी हमला

काठमाडौँ, ४ कात्तिक । अफगानिस्तानका दुई मस्जिदमा गराइएका आक्रमणमा ६० जना मारिएका छन् । राजधानी काबुलमा रहेको शिया मुसलमानको मस्जिदमा छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली हान्नुका साथै विस्फोटक पदार्थ विस्फोट गराउँदा कम्तिमा ३९ जना मारिएका थिए । मारिने सबै मस्जिदमा आएका भक्तजन रहेको सरकारी अधिकारीले बताएका छन् । यस्तै घोर प्रान्तमा रहेको सुन्नी मुसलमानको मस्जिदमा […]

२०७४ कार्तिक ४ गते, शनिबार