बिश्व

क्याटलोनिया तत्काल स्वतन्त्र नहुने

काठमाडौं, २५ असोज । स्पेनको उत्तरपूर्वी स्वायत्त क्षेत्र क्याटलोनिया तत्काल स्वतन्त्र राज्य नहुने भएको छ । राष्ट्रपति काल्र्स पुज्डमोनले विवादास्पद जनमत संग्रहपछि संसद्मा सम्बोधन गर्दै क्याटलोनिया स्वतन्त्र राज्य बनेको घोषणा गर्ने अनुमान गरिएको थियो । तर क्याटलोनियाको स्थानीय संसद्लाई सम्बोधन गर्दै काल्र्स पुज्डमोनले स्वतन्त्र क्याटालोनियाको पक्षमा प्राप्त जनमतको पालना गर्ने तर पहिले केन्द्र सरकारसँग समस्या […]

२०७४ आश्विन २५ गते, बुधबार

क्यालिफोर्नियामा भीषण आगलागी

काठमाडौं, २४ असोज । अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भीषण डँढेलो लाग्दा दश जनाको मृत्यु भएको छ । डँढेलोसँगै तीब्र गतिमा आएको हावाको बेगका कारण आगो नजिकैको बस्तीसम्म फैलिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । वाइन बनाउन प्रयोग गरिएको क्षेत्रको छेउमा रहेको जंगलमा आगलागीपछी थुप्रै मानिस सम्पर्कविहीन भएका छन् । डँढेलो फैलिएपछी जंगल आसपासको क्षेक नापा, सोनोमा र […]

२०७४ आश्विन २४ गते, मंगलवार

अखण्ड स्पेनको पक्षमा देशभर प्रदर्शन

काठमाडौं, २३ असोज । मुलुक विभाजन नै गर्ने तहमा क्याटालन नेताहरु पुगेपछि त्यसको विरोध र अखण्ड स्पेनको पक्षमा देशभर प्रदर्शनहरु गरिएका छन् । अलगवादीहरुले राजधानी बनाउन घोषणा गरेको केन्द्र बार्सिलोनामै उपस्थित भएर लाखौं नागरिकले विभाजनको विरोध गर्दै एकताका पक्षमा एक स्वरले नारा घन्काएका छन् । तीन लाख ५० हजारभन्दा बढी मानिस सडकमा ओर्लिएर असन्तुष्टीका विषयलाई […]

२०७४ आश्विन २३ गते, सोमबार

ट्रम्प प्रशासनको परिवार नियोजन सम्वन्धी नयाँ नीतिको आलोचना

काठमाडौं, २१ असोज । अमेरिकामा ट्रम्प प्रशासनले परिवार नियोजन सम्वन्धी नयाँ नीति घोषणा गरेको छ । नयाँ नीतिले ६ करोड अमेरिकी महिलालाई परिवार नियोजनका साधनमा पहुँच पाउनबाट वञ्चित पार्न सक्ने अनुमान गरिएको छ । परिवार नियोजन सम्वन्धी नयाँ नीतिका कारण त्यहाँको स्वास्थ्य मन्त्रालयले अब उप्रान्त धार्मिक अथवा नैतिक धरातलका आधारमा महिलालाई गर्भनिरोधक चक्की वा परिवार […]

२०७४ आश्विन २१ गते, शनिबार

‘क्याटालोनियालाई स्वतन्त्र घोषणा नगर’

काठमाडौं, २० असोज । स्पेनको संवैधानिक अदालतले क्याटालोनियालाई स्वतन्त्र घोषणा नगर्न आदेश दिएको छ । क्याटालोनियालाई स्वतन्त्र घोषणा गरिए संविधानको उल्लंघन ठहर्ने पनि अदालतले भनेको छ । अदालतले आगामी साता बस्न लागेको क्याटालान संसदको बैठक पनि स्थगित गर्न आदेश दिएको छ । क्याटालान नेता कार्लोस पुईग्देमोन्टले सोमबार बस्ने संसद बैठकले क्याटालोनियालाई स्वतन्त्र घोषणा गर्ने बताउँदै […]

२०७४ आश्विन २० गते, शुक्रबार

रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

काठमाडौं, १९ असोज । यस वर्षको रसायन शास्त्र विधातर्फको नोबेल पुरस्कारबाट तीनजना वैज्ञानिक सम्मानित हुने भएका छन् । रसायन शास्त्र विधामा निरन्तर अनुसन्धान र नवीन आविष्कारमा समर्पित तीनजना वैज्ञानिकहरु–जाकेस डुबोसेट, जोएसिम फ्र्यांक र रिचार्ड हेन्डर्सनलाई संयुक्तरुपमा ‘नोबेल केमिस्ट्री प्राइज’बाट पुरस्कृत गर्न लागिएको हो । यस पुरस्कारको धनराशी ९० लाख स्वीडिस क्रोनार (करिब ११ लाख अमेरिकी […]

२०७४ आश्विन १९ गते, बिहीबार

सिरियामा रसियाली सेनाको आक्रमण, ३०४ जना मारिए

काठमाडौं, १८ असोज । रसियाली सेनाको हवाई आक्रमणमा परी सिरियामा ३०४ जना मारिएका छन् । सिरियाली सेनालाई सघाइरहेको रुसी सेनाको हवाई आक्रमणमा यूफ्रेट्स नदीको पूर्वी किनारामा बस्दै आएका ३०४ विद्रोही दुई दिनमा मारिएको दावी रसियाली रक्षा मन्त्रालयले गरेको हो । मारिनेमा सात जना आइएसका विभिन्न तहका स्थल कमाण्डर रहेको दावी रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर […]

२०७४ आश्विन १८ गते, बुधबार

लसभेगास गोलीकाण्डमा ५९ मृत्यु, ५ सय २७ जना घाइते

काठमाडौं, १७ असोज । अमेरिकी प्रहरी लसभेगासमा गोलीकाण्ड मच्चाउने हत्याराको नियतको खोजी गरिरहेको छ । जहाँ अन्धाधुन्ध गोली प्रहार गर्दा ५९ जना मारिएका थिए भने ५ सय २७ जना घाइते भएका थिए । गोलीकाण्डबारे अनुसन्धान गरिरहेका प्रहरीले आक्रमणकारीको घरबाट थप हातहतियार पनि फेला पारिएको जनाएको छ । ६४ वर्षीय आक्रमणकारी स्टिभन प्याडकको घरबाट १८ वटा […]

२०७४ आश्विन १७ गते, मंगलवार

साउदी विश्वविद्यालयले महिलाका लागि ‘ड्राइभिङ स्कुल’ खोल्ने

काठमाडौँ, १६ असोज । साउदी अरेबियाको एक विश्वविद्यालयले महिला सवारी चालकका लागि सवारी चालनसम्बन्धी स्कुल ‘ड्राइभिङ स्कुल’ खोल्ने जनाएको छ । साउदी अरेबियाको सरकारले महिलालाई सवारी चालन अनुमति पत्र दिँदैनथ्यो । तर हालसालै सो सम्बन्धी अनुमति दिइएको छ । सरकारले दिएको सो अनुमतिपछि यहाँको प्रिन्सेस नउराह विश्वविद्यालयले उक्त स्कुल खोल्न लागेको जानकारी आइतबार दिएको समाचारमा […]

२०७४ आश्विन १६ गते, सोमबार

सैनिक विमान दुर्घटनाग्रस्त

काठमाडौँ, १५ असोज । कंगोमा राष्ट्रिय सेनाको एक कार्गाे बिमान दुर्घटनामा परेको छ । सो विमानमा चालक दलका नौ जना सदस्य र अरुप नि केही सैनिक रहेको हुनसक्ने अनुमान गरिएको छ । उक्त विमान दुर्घटनाग्रस्त भएको स्थान पत्ता लागेकोले सो क्षेत्रमा अर्काे विमान जान लागेको छ । सेनाको सो जहाज कार्गाे लिएर गएको थियो । […]

२०७४ आश्विन १५ गते, आईतवार