अखिल क्रान्तिकारी र अनेरास्ववियुबिच चुनावी तालमेल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारी र एमालेनिकट अनेरास्ववियुबिच आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा देशव्यापी तालमेल र सहकार्य हुने भएको छ। आज सम्पन्न दुई विद्यार्थी संगठनको संयुक्त बैठकले यस्तो निर्णय गरेको कुरा अध्यक्ष प्रकाश सी र समिक बडालद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत जानकारी दिईएको छ।
विज्ञप्तीमा-“आज मिति २०७९ फाल्गुन २६ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को संयुक्त बैठक दुवै संगठनका अध्यक्षहरुको सहभागीतामा सम्पन्न भयो। उक्त बैठकबाट आसन्न स्ववियु निर्वाचन २०७९ मा दुई संगठनबिच देशव्यापी तालमेल र सहकार्य गर्ने निर्णय गरिएको छ र अन्य बाम ,देशभक्त विद्यार्थी संगठनहरुलाई पनि तालमेल तथा सहकार्यका लागि यो विज्ञप्ति मार्फत अपील गर्दछौं भनिएको छ।”
