सामुदायिक विद्यालयका कर्मचारीद्वारा प्रदर्शन

२०८० जेष्ठ ३२ गते, बिहीबार

काठमाडौँ । गत सोमबारबाट रिले अनसन सुरु गरेका सामुदायिक विद्यालय कर्मचारीहरूले बिहीबार पनि प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। विद्यालयका कर्मचारीको न्यूनतम पारिश्रमिकको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिको अगुवाइमा उनीहरुले काठमाडौं केन्द्रित संघर्ष गरेका छन् । गत सोमबारबाट काठमाडौँको भद्रकालीमा उनीहरुले रिले अनसन सुरु गरेका हुन्। विद्यालयका कर्मचारीहरूले शिक्षा क्षेत्रको समस्या समाधानका लागि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, न्यूनतम पारिश्रमिकका साथै शिक्षकहरुको सेवा सुविधा बढाउनुपर्ने माग राखेका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व रक्तदाता दिवस

२०८२ जेष्ठ ३२ गते, शनिबार

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार