सुनकुडा क्याम्पसका स्ववियु कोषाध्यक्ष भानु जोशी अखिल (क्रान्तिकारी) मा प्रवेश

२०८० भाद्र ३१ गते, आईतवार

काठमाडौँ । सुनकुडा नमूना क्याम्पस बझाङका स्ववियु कोषाध्यक्ष भानु जोशी अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् । एमाले, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट कोषाध्यक्षमा निर्वाचित जोशी अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका हुन् । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुमा रहेका जोशीले संसदवादी दलहरूबाट जनताको मुक्ति सम्भव नरहेको भन्दै पार्टी छोडेको घोषणा गरेका हुन् । उनलाई एक कार्यक्रमकाबीच नेकपा केन्द्रीय सदस्य भरत सीले खाँदा लगाएर पार्टीमा स्वागत गर्दै आगामी राजनीतिक यात्राको शुभकामना व्यक्त गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य भरत सी, अखिल (क्रान्तिकारी) पश्चिम कमान्ड इन्चार्ज बबरजङ्ग सी, बझाङ्ग जिल्ला युवा संयोजक आकास सी , बझाङ्गको बझाङ्ग दीप क्याम्पसका स्ववियु सभापती कमल सी, अखिल (क्रान्तिकारी) का जिल्ला सदस्य सम्सेर सीको उपस्थिति थियो ।

प्रतिक्रियाहरु

[anycomment]