केयूद्वारा पुन: उपकुलपतिका लागि आवेदन माग

२०८१ माघ १८ गते, शुक्रबार


काठमाडौँ । काठमाडौं विश्वविद्यालयले पुन: उपकुलपतिका लागि आवेदन माग गरेको छ । उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले स्नातकोत्तर उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने गरी कार्यविधि संशोधन गरेर दोस्रो पटक आह्वान गरेको हो । छनोट समितिले आवेदनका लागि ७ दिनको समय दिइएको छ।
यसअघि १८ पुसमा पहिलो पटक आवेदन माग गरिएको थियो । तर, केयूकै मेडिकल डाक्टरहरूले आवेदन दिन नपाएपछि कार्यविधिमा परिमार्जन गरिएको हो । पहिलो पटक १७ जनाले उपकुलपतिका लागि आवेदन दिएकोमा १६ जनाको स्वीकृत भएको छ । स्वीकृत भएका १६ जनाको आवेदन यथावत रहने समितिले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

‘सुशासन’ नारामा सीमित

२०८३ आश्विन १३ गते, मंगलवार

छात्रालाई आत्मरक्षा तालिम !

२०८३ आश्विन १३ गते, मंगलवार

विश्व मुटु दिवस मनाइँदै

२०८३ आश्विन १३ गते, मंगलवार