विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीबिरुद्ध प्रदर्शन

२०८३ बैशाख १० गते, बिहीबार


काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले राजधानीस्थित विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन गरेका छन् । बिहीबार उनीहरुले रामशाहपथस्थित सडकमा मार्चपास गर्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘कालो चस्मा, कालो मन’, ‘नयाँ सरकारको उपलब्धि—धन नै धन’ लगायत नारासहित प्लेकार्ड बोकेर सरकारको निर्णयको विरोध गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न र स्वतन्त्र विद्यार्थी आन्दोलनको अधिकार सुरक्षित गर्न माग गरे।

प्रतिक्रियाहरु

[anycomment]