मस्तिष्क भएको रोबोट निर्माण !

२०८१ असार २१ गते, शुक्रबार

काठमाडौँ। चीनले मानिसको जस्तै दिमाग भएको रोबोट बनाएको छ । उक्त रोबोटले मानिसले जस्तै सोंचविचार गर्न सक्दछ। यो रोबोट मानव मस्तिष्क कोषिकाबाट नियन्त्रण हुने पहिलो एआई रोबोट हो । यसलाई बायो कम्प्युटेसनको क्षेत्रमा ब्रेकथ्रू मानिएको छ।
चीनको तियानजिन विश्वविद्यालयका शोधकर्ताहरुले एउटा ह्युमनाइड रोबोटको विकास गरेका छन् जसले मानव मस्तिष्क कोषिकाहरुको प्रयोग गरेर काम गर्दछ । यो रोबोटले हाइब्रिड मानव रोबोट इन्टेलिजेन्सको विकास गर्नसक्ने साउथ चाइना मर्निङ पोष्टले बताएको छ ।
प्रथम दृष्टिमै यो अवधारणा सिधा रुपमा कुनै साइन्स फिक्सन फिल्म जस्तै लाग्नसक्छ। तर, शोधकर्ताहरुका अनुसार मानव मस्तिष्क कोषिकायुक्त यो ह्युमानोइड हाइब्रिड मानव रोबोटले बुद्धिमत्ताको मार्ग प्रसस्त गर्न सक्दछ।
न्यू एटलसका अनुसार यो नयाँ रोबोटलाई ब्रेन अन चिप अर्थात् चिपमा जडित मस्तिष्कको रुपमा परिभाषित गरिएको छ जसले स्टेम कोषिकाहरुको प्रयोग गर्दछ, जुन मूलरुपमा मानव मस्तिष्क कोशिकाहरुमा विकसित हुन्छन्। ती कोषिकाहरुलाई एउटा इलेक्ट्रोडको माध्यमबाट एउटा कम्प्युटर चिपसँग एकीकृत गरिएको छ, जसबाट उक्त रोबोट सूचनाहरुलाई प्रोसेस गर्न र अन्य विभिन्न कार्यहरु गर्नमा सक्षम बनेको छ ।
उक्त सेटअपले रोबोटलाई जानकारीहरु एनकोड र डिकोड गर्ने अनुमति दिन्छ । यसबाट विभिन्न बाधाहरुको आसपास नेभिगेट गर्नेदेखि वस्तुहरुलाई समाउने सम्मका गतिविधिहरु गर्न रोबोट सक्षम भयो ।
विज्ञहरुले भने यो रोबोट मानवजातिका लागि समस्या बन्नसक्ने चिन्ता व्यक्त गरेका छन् । यसले मानिसका काममा दखल पुर्‍याउन सक्दछ । साथै यसले मानिसका कामलाई प्रभावित गर्नुका साथै भविष्यमा कुनैबेला बेलगाम पनि हुनसक्छ । गलत जानकारीहरू प्राप्त भएको स्थितिमा यो रोबोटले गलत हर्कत गर्नुका साथै गलत निर्णयहरु पनि गर्न सक्दछ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]