विद्यमान समस्या समाधानका लागि नेपाली विशेषताको समाजवाद अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले देशको विद्यमान समस्या समाधानका लागि नेपाली विशेषताको समाजवाद अनिबार्य भएको ठोकुवा गरेका छन। शनिबार लुम्बिनी प्रदेश – काठमाडौं समाजवादी सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
नेता विषम सीले समाजवादका लागि सबैले एकजुट भएर संघर्ष गर्नुपर्ने बताउँदै नेकपाले देशको विद्यमान समस्या समाधानका लागि नेपाली विशेषताको समाजवाद स्थापनाका लागि नयाँ विचार र योजना अगाडि बढाएको ठोकुवा गरे ।
त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका पोलिटब्यूरो सदस्य खुमा सीले अहिलेको परिस्थितिमा देशले क्रान्तिको माग गरेको बताउदै दलाल संसदीय व्यवस्थाले नेपाली जनताको हितविपरीत गतिविधि गरिएको हुँदा यसका विरुद्ध संगठित भएर लाग्नुपर्ने बताइन ।

लुम्बिनी प्रदेश – काठमाडौं समाजवादी सम्पर्क मञ्चको उक्त भेलाले अविनास सी.को नेतृत्वमा १५ सदस्यीय प्रदेश समिति र मातहतको जिल्ला समिति निर्माण गरेको छ ।