नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र पूर्व प्रधानमन्त्री खनालबीच भेटवार्ता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । बिहिबार साँझ भएको उक्त भेटवार्तामा नेपालको राजनीतिक आन्दोलन र कम्युनिस्ट आन्दोलनले विगतकालमा पैदा गरेका सम्भावना र गम्भीर कमजोरीका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
दूई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा देश र जनताको ऎतिहसिक जिम्मेवारी पुरा गर्ने सवालमा माले , एमाले र माओबादीले गरेको गल्तीका बिषयमा बस्तुसंगत विश्लेषण भएको बताइएको छ ।
यसैगरी, उक्त भेटवार्तामा दूई शिर्षस्थ नेता ०६२/६३ र ०७५ साल पछि आएको ठूलो सम्भावना र ऎतिहासिक दायित्व निर्वाहमा माओबादी र एमाले चुकेको निष्कर्षमा पुगेको बताइएको छ।
उक्त भेटवार्तामा राष्ट्रिय राजनीतिमा नेतृत्वको बिगतको कमजोरी , साम्राज्यवादी षड्यन्त्र , गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम र नवदलालहरुको फाँसीवादी निरंकुशताको बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा देशको वर्तमान बिशिष्ठ संबेदनशील र खतरायुक्त अवस्थामा राष्ट्रिय राजनीति , कम्युनिस्ट आन्दोलन र नयन पहलकदमीका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
दुई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्ता ऎतिहासिक , जिम्मेवारपूर्ण र नायाँ पहलकदमीका लागि बिशेष महत्वको रहेको बताइएको छ ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माबीच भेटवार्ता भएको छ । दुई नेताबीच पछिल्लो समय देशमा बिकशित राजनीतिक घटनाक्रम , कम्युनिस्ट आन्दोलन र त्यसमा आएका समस्याको समाधानका लागि संयुक्त पहल र सहकार्यका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
