नेकपा (माओवादी) पार्टीको नीतिविरुद्ध लाग्ने नेतामाथि निर्मम : केन्द्रिय नेता सिलु र असल सी पदमुक्त
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पार्टीको नीति विरुद्ध लाग्ने नेतामाथि निर्मम बनेको छ । सो पार्टीले पार्टीका विचार, नीति, निर्णय विरुद्ध निरन्तर विचलनकारी, पलायनवादी गुटबन्दी गदै हिडेको, पार्टी कार्यविभाजन , नेतृत्व र जनक्रान्ति विरुद्ध भडकाववादी गतिविधि सञ्चालन गर्दै आएका केन्द्रिय स्तरका नेताहरुलाई जिम्मेवारीबाट मुक्त गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पार्टीलाई गतिशील बनाउदै एकीकृत जनक्रान्तिलाई सफल बनाउन पार्टीभित्रका नेतृत्व र जनक्रान्ति विरुद्ध भडकाववादी गतिविधि सञ्चालन गर्ने नेता , कार्यकर्तामाथि निर्मम ढंगले कारबाहीको डण्डा चलाउने नीति लिएको छ। सोहिक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले संगठन अधिबेशन आयोजक समितिको केन्द्रीय सचिवालय सदस्य सिलु र अधिवेशन आयोजक समितिका सदस्य असल सीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छ। सो पार्टीले उनीहरुले निरन्तर पार्टीको गतिबिधिबिरुद्ध कार्य गरेको भन्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको हो ।
यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले एक बिज्ञप्ति जारी गर्दै संगठन अधिबेशन आयोजक समितिको केन्द्रीय सचिवालय सदस्य सिलु सीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको जनाएका छन् ।
महासचिव विप्लव सीले सोमबार एक बिज्ञप्ति जारी गर्दै सिलुले केन्द्रीय सार्मिति बैठकपछि पार्टीका विचार, नीति, निर्णय विरुद्ध निरन्तर विचलनकारी, पलायनवादी गुटबन्दी गदै हिडेको, पार्टी कार्यविभाजन , नेतृत्व र जनक्रान्ति विरुद्ध भडकाववादी गतिविधि सञ्चालन गरेकाले उनलाई पार्टी केन्द्रीय सार्मितिलगायत सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको जनाएका छन्।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय सचिवालयको बैठक यही २०८३ जेठ ३१ र असार १ गते सम्म बस्यो । बैठकले राजनीतिक, संगठन, संघर्ष, प्रकाशनका विषयमा महत्वपूर्ण निर्णय लियो।
संगठनका क्षेत्रमा छलफल गर्दा सचिवालय सदस्य कमरेड सिलुले केन्द्रीय सार्मिति बैठकपछि महासचिवसंग गम्भीर छलफल हुँदाहुँदै पार्टीका विचार, नीति, निर्णय विरुद्ध निरन्तर विचलनकारी, पलायनवादी गुटबन्दी गदै हिडेको, पार्टी कार्यविभा, नेतृत्व र जनक्रान्ति विरुद्ध भडकाववादी गतिविधि सञ्चालन गरेकाले उहाँलाई पार्टी केन्द्रीय समितिलगायत सम्पूर्ण जिम्मेवारीबाट मुक्त गने निर्णय गरियो।’
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले संगठन अधिवेशन आयोजक समितिका सदस्य असललाई पार्टी सदस्यबाट मुक्त गरेको छ ।
सो पार्टीका महासचिव विप्लव सीले जेठ २५ गते, सोमबार बिज्ञप्ति जारी गर्दै संगठन अधिवेशन आयोजक समिति सदस्य जस्तो जिम्मेवार तहमा बसेर पार्टीका विचार, नीति र कार्यक्रमलाई लागू गर्नुको सट्टा सामान्य बाम आन्दोलनतिर कुदेकाले असललाई पार्टीका सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्यबाट मुक्त गरिएको जानकारी दिएका छन्।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ –’मिति २०८२ जेष्ठ २४ गते हाम्रो जनप्रिय पार्टी नेकपा(माओवादी) का संगठन अधिवेशन आयोजक समितिका सदस्य कमरेड असलसहितले बाम-लोकतान्त्रिक युवा अभियान निर्माण गरेको समाचार आयो साथै कमरेड असलले फोनबाट समेत जानकारी गराउनु भयो। केन्द्रीय समितिको बैठक बेंझिने उहाँसंगको छलफलमा यस्तो काम गर्न सकिने तर पार्टीको जिम्मेवारीमा बसेर होइन पार्टीबाट अलग भएर गर्न सकिने विषय मैले प्रष्ट राख्को थिए। किनकि राजनीतिक आन्दोलनमा कसरी र कुन विशाबाट काम गर्ने भन्ने विषय व्यक्तिको स्वतन्त्रता भित्र पने तर पार्टीको मान्यतामा नपने स्पष्ट छ।
हामीले माओवादी विचार, राजनीतिक लक्ष्य वैज्ञानिक समाजवाद-साम्यवाद र एकीकृत जनक्रान्तिको कार्यदिशा त्यागेर या लुकाएर पार्टी, मोर्चा, आन्दोलन निर्माणको कल्पना सम्म गर्न सक्दैनौ। त्यसैगरी यो ब्राल पुंजीवादी राज्यसतलाई रक्षा गर्ने अकल्पनीय सोच रंतिभर पनि सोच्न सक्दैनौ। अहिले बाहिर आएको मोर्चाका केही विषय यान्त विरोधाभाष र यथार्थवादी छुट्टिक तिनलाई पार्टीले स्वीकार गर्ने सम्भावना छैन। तसर्थ संगठन अधिवेशन आयोजक समिति सदस्य जस्तो जिम्मेवार तहमा बसेर पार्टीका विचार, नीति र कार्यक्रमलाई लागु गर्नेको सट्टा सामान्य बाम आन्दोलनतर कुवेकाले कमरेड असललाई पार्टीका सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्यबाट मुक्त गरिएको जानकारी यसै वक्तव्य मार्फत गरिन्छ।’
