अब २० सेकेण्डमै मोबाइल फुलचार्ज

२०७० जेष्ठ ८ गते, बुधबार


काठमाडौं – भारतीय मुलकी अमेरिकी युवती १८ वर्षीया इसा खरेले २० सेकेण्डमा नै मोबाइल तथा स्मार्टफोन फुलचार्ज गर्न सक्ने उपकरणको विकास गरेकी छन् । उनको यो नयाँ उपकरणको विकासले घन्टौंसम्म मोबाइल र स्मार्टफोन चार्जमा राखिराख्नु पर्ने अवस्थाको अन्त्य भएको छ । आफ्नो यो नयाँ आविष्कारले इसा खरेलाई इन्टेल फाउण्डेसनको योङ साइन्टिष्ट पुरस्कार समेत दिलाएको छ । पुरस्कार बापत उनले ५० हजार डलरसमेत पाएकी छन् । इसाले अविष्कार गरेको सो उपकरण मोबाइल तथा स्मार्टफोनको व्याट्रीमा लगाएको २० देखि ३० सेकेण्डमा फुलचार्ज हुनेछ ।इन्टेलका अनुसार सुपर क्यापासिटर नाम दिइएको सो उपकरणले व्याट्री चार्ज गर्दा छिटोका साथै टिकाउसमेत हुनेछ । व्याट्री १० हजार पटक सम्म चार्ज गर्न सकिन्छ । हालको प्रविधिमा व्याट्रीहरुको औसत चार्ज चक्र एक हजार मात्रै छ ।यो आविष्कारले उर्जा तथा समय दुवैको बचत गर्नुका साथै मोबाइल प्रयोगकर्ताको लागत समेत कम गर्ने छ । सन् २०१५ सम्ममा यस्ता उपकरणजडित स्मार्टफोन बजारमा आउने अपेक्षा गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

इजलासका आदेश अनलाइनमा !

२०८३ श्रावण १२ गते, मंगलवार

२ लाखभन्दा धेरै बेटिङ एप बन्द !

२०८३ श्रावण ८ गते, शुक्रबार