गहुतबाट चल्ने घडी

२०७० जेष्ठ २६ गते, आईतवार

भारतको गुजराँतका एक व्यक्तिले गाइको पिसाबबाट चल्ने घडी र्सार्वजनिक गरेका छन् ।विश्व वातावरण दिवसको अवसर पारेर भारतीय नागरिक हिरेंभाई भेदाले यस्तो घडी र्सार्वजनिक गरेका हुन्। अहमदावादभन्दा ४१५ किमि टाढा पर्ने मुन्दारा तालुकामा रहेको लुनी गाउँको एक गौशालामा उनले उक्त गहुँत घडी र्सार्वजनिक गरेका हुन् । गाइँको गहुँतबाट चल्ने विश्वको पहिलो त्यस्तो घडी बनाउने व्यक्तिको नाम हिरेनभाइ भेदा हो ।यो घडी दुइ लिटर गहुँत भरिएका दुइवटा सिसाका बोतलबाट चल्छ । दुबै बोतलबाट तार लगेर घडीमा जोडिएको छ । यसरी बोतलमा गहुँत भरेपछि एक महिनासम्म घडी चल्ने र एक महिनापछि फेरी नयाँ गहुँत फेर्नुपर्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

इजलासका आदेश अनलाइनमा !

२०८३ श्रावण १२ गते, मंगलवार

२ लाखभन्दा धेरै बेटिङ एप बन्द !

२०८३ श्रावण ८ गते, शुक्रबार