इन्टरनेटको नेपाली पहुँच न्युन

२०७० असार २५ गते, मंगलवार

काठमाडौ, असार २४ – नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कुल जनसंख्याको २५ दशमलव १३ प्रतिशतले इन्टरनेट सेवा प्रयोग गर्ने गरेको पाइएको छ ।नेपालका सय जना मध्ये २५ जनाले इन्टरनेटको प्रयोग गर्छन् ।इन्टरनेटका ग्राहकमध्ये ४६ प्रतिशत नेपाल टेलिकमका रहेको छन् । टेलिकमका प्रबन्धक लोचनलाल अमात्यले इन्टरनेट सेवाको ४६ प्रतिशत हिस्सा टेलिकमको रहेको भन्दै गाउँगाउँसम्म सबैभन्दा बढी नेपाल टेलिकमले नै इन्टरनेट सेवा पुर्‍याइरहेको दावी गरे ।
देशभरमा टेलिकमका ३० लाख ६५ हजार ५ सय ५३ जना इन्टरनेट प्रयोगकर्ता छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार एनसेलका ३४ लाख ४१ हजार २ सय ४०, युटिएलका ९२ हजार ८ सय १७ र विभिन्न इन्टरनेट सेवा प्रदायकका ८५ हजार ८ सय १७ जना इन्टरनेट प्रयोगकर्ता छन् ।
विश्वव्यापी रुपमा इन्टरनेट प्रयोगकर्ता माथि गरिएको सर्वेक्षण अनुसार भने नेपालमा वर्षेनी ९ प्रतिशतको दरले इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् ।
यसैबीच, नेपाल टेलिकमले दुई बर्ष भित्र सबै जिल्ला सदरमुकाममा थ्री जी सेवा पुर्याउने दावी गरेको छ । काठमाडौमा सोमबार पत्रकारसँग छलफल गर्दै टेलिकमले दुई वर्षभित्र जिल्ला सदरमुकाममा थ्री जी सेवा पुर्‍याउन तीब्र तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

इजलासका आदेश अनलाइनमा !

२०८३ श्रावण १२ गते, मंगलवार

२ लाखभन्दा धेरै बेटिङ एप बन्द !

२०८३ श्रावण ८ गते, शुक्रबार