हाइपरलूपको सफल परीक्षण

२०८० कार्तिक २ गते, बिहीबार


काठमाडौँ । अमेरिकाको लास वेगासमा बनाइएको विमानको युग नै समाप्त पार्ने गरी अति तिब्र गतिको सवारी साधन हाइपरलूपको सफल परीक्षण भएको छ । अमेरिकाको टेस्ट ट्रैकमा यो सवारीको सफल परीक्षण भएको हो । योसँगै मानिस यो अति तिव्र गतिको हाइपरलूपमा यात्रा गर्न सक्छन् भन्ने प्रमाणित भएको छ । हाइपरलूपको कल्पना र निर्माण भएको थियो । तर निर्माणकर्तालाई कतै यो यति तिव्र गतिको साधनमा मानिसहरु यात्रा गर्न नसक्ने त हैनन् भन्ने चिन्ता थियो । अब त्यो चिन्ता समाप्त भएको छ । उनीहरुले अब विमानभन्दा र रेलभन्दा सस्तो र अति छिटो यो सवारी साधनको सर्वत्र फैलावट ल्याउने दावी गरेका छन् ।
हाइपरलूप अहिले नै मान्यता नदिएको परिवहन प्रणाली हो । त्यसमा मानिसलाई यात्रा गराउन सकिन्छ की सकिन्न भन्ने प्रमाणित भएको थिएन । किनकी यो सवारी साधनमा भ्याक्यूम ट्यूब (हावा रहित टोकरी) भित्र ६०० माइल प्रति घण्टाका गतिमा यात्रा गर्नुपर्ने हुन्छ । यो प्रणाली चुम्बकीय उत्तोलनमा आधारित छ । यो एक पटक निर्माण गरेपछि यसको सञ्चालनमा कुनै इन्धन खर्च हुने छैन । यसैले यो सस्तो र अनविकरणीय उर्जाको स्रोत प्रयोग गर्नु नपर्ने भएकाले एकदमै लाभदायी छ । यो जापान र जर्मनीमा योजना बनाइएको उच्च गतिको रेल परियोजनामा प्रयोग गर्ने सम्भावना देखिएको छ ।
म्याग्नेटिक लेविटेशन एक ट्रेन कारलाई ट्रैकको माथी उठाइदिन्छ । किनकी चुम्बकीय नियम अनुसार ध्रुवलाई यसमा प्रयोग गरिएको हुन्छ । त्यसैले माथी उठाउँने र ट्रेनलाई धकेल्ने गर्दछ । चुम्बकपनि ट्रेनका खम्बा जसरी ठड्याएर राखेकाले माथी उठाउँछन् । चुम्बकको विपरीत ध्रुव मिलाएर राखिएका चुम्बकले ट्रेनलाई अगाडी खिच्नेछन् । यो अब विश्वलाई नयाँ तरंग ल्याउँने नयाँ उर्जाको स्रोत बन्दैछ । यसले पेट्रोल, डिजेलबाट सम्पन्न बनेका देशहरुका लागि घाटा हुनेछ । यसमा चुम्बकीय लेविटेशनको प्रयोग गरिएको हुन्छ । परीक्षण गरिएको हाइपरलूपको कम्पनीका अनुसार ट्रैकमा १०० माइल प्रति घण्टासम्म दौडाइएको थियो । तर चालक मात्र बसेर यो हाइपरलूपमा ६०० माइल प्रतिघण्टाको गतिमा गुडाइयो । दावी गरिए अनुसार यो अब मानव जीवनका लागि अति लाभदायी हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]