समुद्रमा गल्ने प्लाष्टिकको विकास !

२०८२ आश्विन १५ गते, बुधबार

काठमाडौँ । जापानको टोकियो विश्वविद्यालयका रिकेन सेन्टर फर इमर्जेन्ट म्याटरका अनुसन्धानकर्ताहरूले समुद्रको पानीमा पुगेको केही घण्टामै गल्ने प्लाष्टिकको विकास गरेका छन् । अनुसन्धानकर्ताहरूले एउटा नयाँ म्याटेरियल तयार गरेका छन्, जुन धेरै छिटो टुक्रिन्छ र कुनै पनि सेडिमेन्ट वा फोहोर छोड्दैन। यसले वातावरणमा रहेको प्लास्टिक प्रदूषण कम गर्न मद्दत गर्न सक्छ।
टोकियो नजिकैको वाको शहरको प्रयोगशालामा, वैज्ञानिकहरूले प्लास्टिकका साना टुक्राहरू पग्लिएर समाप्त भएको देखाए। प्लास्टिकका टुक्राहरूलाई लगभग एक घण्टाको लागि नुनिलो पानीले भरिएको बाल्टिनमा खन्याइयो। एक घण्टाभित्र, ती टुक्राहरू पग्लिए र नष्ट भए अनुसन्धानकर्ताहरूको टोलीले अहिले उक्त सामग्रीलाई व्यावसायिक रूपमा पेश गर्ने योजना बनाएका छैनन्। यद्यपि, ताकुजो आइडाको नेतृत्वमा चलिरहेको यस अनुसन्धानमा औद्योगिक क्षेत्र (विशेष गरी प्याकेजिङसँग सम्बन्धित कम्पनीहरू) का मानिसहरूले धेरै रुचि राखेका छन्।
​आइडाका अनुसार, नयाँ सामग्री पेट्रोलियममा आधारित प्लास्टिक जतिकै बलियो छ, तर जब यसलाई नुनको सम्पर्कमा ल्याइन्छ, तुरुन्तै यसको मूल घटकहरूमा टुक्रिन्छ। त्यसपछि ती घटकहरू प्राकृतिक रूपमा हुने ब्याक्टेरियाले नष्ट गरिदिन्छ। यस प्रक्रियामा हानिकारक माइक्रो प्लास्टिकहरू बन्दैनन्।
माइक्रोप्लास्टिक जलीय जीवनको लागि खतरा बनेको छ। यसलाई हाम्रो खाद्य चक्रमा पनि समावेश गरिएको छ। यदि पृथ्वीको माटोमा नुन पनि छ भने, लगभग पाँच सेन्टिमिटरको नयाँ पदार्थको टुक्रा २०० घण्टा माटोमा रहे पनि नष्ट हुनेछ।
अनुसन्धानकर्ताहरूले विकास गरेका नयाँ सामाग्री या पदार्थ कोटिंग पछि सामान्य प्लास्टिक जस्तै प्रयोग गर्न सकिन्छ। हाल अनुसन्धानकर्ताहरूको टोली कोटिंगको उत्तम तरिकामा आधारित कामहरू गरिरहेका छन्। यो प्लास्टिक न त विषाक्त छ न त ज्वलनशील छ र यसले कार्बन उत्सर्जन गर्दैन।
संसार भरका वैज्ञानिकहरूले प्लास्टिक जन्य फोहोरको बढ्दो समस्याको कुनै राम्रो समाधान खोज्ने प्रयास गरिरहेका छन्। संयुक्त राष्ट्र संघीय पर्यावरण कार्यक्रमले सन् २०४० सम्म प्लास्टिक जन्य प्रदूषण वर्तमान अवस्थाभन्दा दोब्बर हुने अनुमान गरेको छ। यसको अर्थ प्रत्येक वर्ष समुद्रमा जाने प्लास्टिक जन्य फोहोरको मात्रा २.३–३.७ मिलियन टन हुनेछ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

इजलासका आदेश अनलाइनमा !

२०८३ श्रावण १२ गते, मंगलवार

२ लाखभन्दा धेरै बेटिङ एप बन्द !

२०८३ श्रावण ८ गते, शुक्रबार