गोर्खा भर्ति र बेलायती सैनिक क्याम्प स्थापनाबाट नेपालको सार्वभौमसत्तामाथि भएको अतिक्रमण र ऐतिहाँसिक क्षति
सर्वप्रथम बेलायती शासकको आदेशमा गैर सैनिक नेपाली नागरिकहरुले प्रथम र दोश्रो विश्वयुद्ध लगायत विभिन्न युद्धहरुमा विश्वका नेपालसाँग मैत्रीपूण कुटनीतिक सम्बन्ध रहेका मित्रराष्ट्रहरुका सर्वसाधारण निर्दोश नागरिकहरुमाथि गरेका घोर आपत्तिजनक महाअपराधहरु तथा महिलाहरुमाथि गरेका ज्यादतीहरुको सम्वन्धमा ती हाम्रा अन्जान पिता पूर्खाहरुको तर्फबाट मित्र राष्ट्र र तिनका निर्दोश नागरिकहरुप्रति क्षमा याचना गर्दै निम्न विषयहरुमा प्रवेश गर्दछौ ।
विश्वमा अदुवाको ब्यापार गर्दै भारतमा आएर गैर कानूनीरुपमा भारतीय भुमि कब्जा गरी शासन गरीरहेको वेलायतको ईस्ट ईन्डिया कम्पनी सरकारले नेपालका तत्कालिन स्वार्थाी शासकलाई आफ्नो चंगुलमा राखेर सन् १८१६ मा गैर कानुनी राष्ट्रघाती सुगौली सन्धी गराई नेपालको दुई तिहाई भुमि भारतमा गाभी दियो । यसरी विशाल र सार्वभौम नेपाललाई भौगोलिकरुपमा सानो र सार्वभौमिकरुपमा कमजोर राष्ट्र बनाईयो । यहिबाट नेपालको अधोगति शूरु भयो ।
राज्यको कुनै हैभसयत नै नभएको एउटा मामुली बेलायती व्यापारीक कम्पनीले नेपालको पश्चिम कुमाउ गढवालसम्म र पूर्वमा टिस्टासम्म फैलिएको नेपालको विशाल भु भागको दुई तिहाई क्षेत्र हडपेर नेपालको सिमानालाई संकुचित पारिदियो । इस्ट ईन्ण्डिया कम्पनीले पूर्व टिस्टा देखि पश्चिममा रावी सम्म र दक्षिणमा लखनउ सम्मको भुभाग नेपालबाट अनाधिकृत रुपमा बलजफ्ती छिनेर बेलायतको उपनिवेश भारतमै मिलाईदियो । नेपालको शासकहरुको सहमतिविना बेलायतको एउटा मामुली ब्यापरिक कम्पनीले ठुलो आँट गर्न सक्ने अवस्था थिएन ।
राज्यको आधाभन्दा पनि बढी भु भाग हडपेर भारतीय उपनिवेशमा गाभी दिएको वेलायतको ईन्ट इन्डिया कम्पनी भारतबाट फर्किसक्दा पनि नेपालको गुमेको भु भाग फिर्ता ल्याउने सम्वन्धमा नेपालको सरकारको तर्फबाट कुनै पनि पहल नहुनु र कुनै कुरा नआउनुको वाध्यता के हो ? यो घटनाले राणा कालिन समय देखि आजसम्मका नेपालका शासकहरु कोहिपनि राष्ट्रवादी रहेनछन् भन्ने कुराको पुष्टि गर्दछ ।
उर्जाशील युवाहरुको अभावमा नेपालले आर्थिक विकाश गर्न नसकोस भन्ने दीर्घकालीन षढयन्त्र रची नेपालका तत्कालिन राणा शासक र अग्रेजको वीचमा मानव बेचविखनको मौखिल लेनदेन गरी बेलायत स्थित राणाहरुको निजी बैङ्क खातामा केही रकम जम्मा गरिदिने सर्तमा सार्वभौम राष्ट्रका स्वतन्त्र नेपाली नागरिकलाई कुनै सन्धी सम्झौता नगरी विना तलव दाश बनाएर युद्धको लागि बेलायतलाई आफ्नो नागरिक बेच्ने राष्ट्रघाती कु प्रथाको प्रचलन नेपालका राणा शासकहरुले शूरुगरे र यो राष्ट्रघाती काम अहिले पनि जारी छ ।
बेलायती शासकले विश्वमा कहिँपनि नभएको गुरखा (Gurkha) भन्ने किर्ते राज्य खडा गरी गैर सैनिक नेपालीहरुलाई बृटिस गुरख सैनिक भनि विश्व सामु झुट बोलेर विश्व शान्तिका प्रतिमुर्ति गौतमवुद्ध जन्मेको देशका नेपाली नागरिकहरुलाई बेलायतीको युद्ध लड्ने खेताला बनाएर प्रथम र दोश्रो विश्वयुद्ध लडायो । त्यो समयदेखि आजसम्म विश्वभरका नेपालसँग मैत्रीपूर्ण कुटनीतिक सम्वन्ध रहेको नेपालका मित्र राष्ट्र विरुद्धमा नेपालीलाई युद्ध लगाएर बेलायती शासकले नेपालीहरुलाई मशु सरह मानव ब्यापार गरिरहेको तत्थ विश्वसामु घामजस्तै छर्लङ्ग छ । यस्तो कार्यले नपालको असंलग्न परराष्ट्र नीतिको धज्जी उडादिएको छ ।
यी नेपाली नागरिकहरुको विश्वमा युद्ध लड्ने सैनिक हैसियत के हो ? नेपाली नागरिकको सैनिक हैसियतमा युद्ध लडेका हुन भने नेपालीहरुले विश्वका मित्र राष्ट्रहरु विरुद्धमा युद्ध लड्नु पर्नको कारण के हो ? गुर्खा सेनाको सैनिक हैसियतमा युद्ध लडेका हुन भने गुर्खा भन्ने राज्य कहाँ छ ? बेलायती सेनाको सैनिक हैसियतमा युद्ध लडेका हुन भने, नेपाली नागरिक बेलायतको वैघानिक सेना कसरी भए ? यस सम्वन्धमा नेपाल र बेलायत सरकारको आधिकारिक धारणा जनसमक्ष नआएसम्म हाल बेलायती सेनामा रहेका नेपालीहरुलाई कुनै पनि युद्धहरुमा प्रयोग गर्न पाईदैन । प्रयो गरेमा मानवता विरुद्धको युद्ध अपराध हुनेछ ।
प्रथम र दोश्रो विश्वयुद्धमा मात्र गैर सैनिक नेपाली नागरिकहरुलाई युद्धमा हामी ८० हजार भन्दा बढी नेपालका जातजाति तथा जनजातिका युवाहरुलाई जातीय नरसंहार गरिएको छ भने हजारौको संख्यामा घाइते र अपाङ्ग भएका छन । कतिपय घाइतेभएका युवाहरुपनि नेपाल आउन नसकेर उतै मृत्यु भएको बर्बर घटना भएका छन ।
बेलायतको स्वार्थमा विश्वयुद्ध लडायर जातीय नरसंहार (Recil Genocide) लाखौ नेपालीहरुको सम्वनधमा आफ्ना नागरिक अवैध रुपमा बेची पठाउने नेपाल सरकारले बेलायतको डरले अहिले सम्म पनि तीनको खोजतलास सम्म गर्न सकेन ।
मृतकका परिवारहरुलाई मानवीय क्षतीपूर्ती दिनुपर्ने भएकाले, बेलायत सरकारले युद्धमा मारियो भनेर मृतकका आफन्तहरुलाई अहिलेसम्म कुनै सूचना दिइएको समेत छैन । यसले गर्दा लाखौ नेपालीहरुको मृत्यु पछि पनि आफ्नो जातीय संस्कार अनुसार काजकृयासमेत हुन सकेको छैन । यो नेपालीहरुको मौलिक संस्कृतिमाथिनै ठुलो अतिक्रमण हो । नेपालीहरुको लागि यो भन्दा ठुलो विडम्वना अरु के हुन सक्छ ?
विदेशी भुमीमा अकालमा मारिएका नेपालीहरुको मृत आत्मालाई आफ्नो जातीय सस्कार अनुसार काजक्रिया गरिएन भने ती आत्माहरु काँचो बायुमा परिणत भएर आफ्नो घरपरिवार र सिङ्गो समाजलाई पिरोलिरहन्छन भन्ने नेपालीहरुको सामाजिक मान्यता रही आएको छ ।
तिनै पित्रीहरुको आत्मलाई चिर शान्ति दिन गोर्खा भू. पू. सैनिक संघ (गेसो) ले भू. पू. सैनिकहरुको करोडौँको लगानिमा नेपालका वरिष्ठ इन्जिनियर शंकरनाथ रिमालको डिजाईनमा अन्तराष्ट्रिय मापदण्ड पुग्नेगरी ५ चरणको बहुद्धेशीय विश्व चर्चित गोर्खा समाधि गण्डकी प्रदेश, स्याङ्जा जिल्ला फेँदीखोला गाँउ पालीका साल्मेडाँडामा स्थानीय वासिन्दाहरुले गेसोलाई निशुल्क प्रदान गरेका करिब ३ सय रोपनीको क्षेत्रफल भएको स्थानमा निमार्ण गर्ने निर्णय गर्यो ।
समाधी निमार्ण गर्न शुरु गर्नुभन्दा पहिला विदेशी भुमिमा अकालमा मृत्युभएर भौतारिरहेको आत्मालाई स्वदेशी भुमिमा ल्याएर शान्ति दिन भनि गेसोले नेपाल राज्यबाट १९ जातका धर्मगुरु, १९ जातका कन्याहरु तथा लुम्विनीका ९ जना भिक्षुहरुलाई समाधि निमार्ण स्थल साल्मेडाँडामा ल्याएर २०६९ साल मङ्सीर ५ गते देखि ३ दिनसम्म हजारौको उपस्थितिमा धर्मगूरुहरुले आफ्नो जातीय सस्कारअनुसार पाठ पुजा र सुद्धिकरण गरेपछि विेदशी भुमिमा काँचो बायु भएर भौतारिरहेको लाखौ पित्रीहरुको आत्मालाई साल्मेडाँडामा अवतरण गराई शान्ति दियौ र लाखौँ जात जातिहरुको आत्माले बास गरेको पवित्र तिर्थस्थल भुमी साल्मेडाँडा भनी धर्मगुरुहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरे पछि नेपालका ख्यातिप्राप्त कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवङ्श आचार्यको प्रमुख आतिथ्यतामा १९ जातका धर्मगुरु, १९ जातका कन्याहरु र लुम्विनिका ९ जना भिक्षुहरुको उपस्थितिमा विधी पूर्वक सिलान्यास गरे पछि इन्जिनियर संकरनाथ रिमालका सहयोगी इन्जिनियर जीवन प्रसाईको प्रत्यक्ष रेखदेखमा निमार्णको काम दु्रत गतिमा अघि बढेको थियो ।
यो गोर्खा समाधी वरिष्ठ इन्जिनियर शकरनाथ रिमालको गुरुयोजना अनुसार अन्र्तराष्ट्रिय मापदण्डको निमार्ण गर्न दिईयो भने समाधि उद्धघाटन गर्न बेलायतका प्रधानमन्त्री र राजा, रानी नेपाल आउनै पर्ने हुन्छ किनभने बेलायतको सार्वभौमसत्ता राजमुकुटलाई बचाउन र बेलायतलाई विश्वमा साम्राज्य विस्तार गर्न बिश्वयुद्ध लड्दा मारिएका लाखौ नेपालीहरुको चीर शान्ति तथा संझनामा पीडित भू. पू. सैनिकहरुको लगानीमा निमार्ण गरेको गोर्खा समाधि हो । बेलायतका प्रधानमन्त्री र राजा, रानीले उद्धघाटन गरेका हुनाले विश्वका नजर गोर्खा समाधि साल्मेडाँडामा पर्छ । विश्वयुद्धमा बहादुर कहलिएका गुर्खाहरु त नेपालबाट मानव तस्कर गरी बेलायती सेनामा ल्याएको गैर सैनिक नेपाली नागरिक पो रहेछन् भन्ने भेद खुले पछि युद्ध अपराध ठहर भई बेलायती शासकलाई युद्ध अपराधको अभियोग लाग्नुका साथै अहिले सम्म लुकाईराखिएको धेरै रहस्यहरुको प्रदाफास भएर बेलायत सङ्कटमा फस्ने भएकाले यो गोर्खा समाधि गेसोलाई निमार्ण गर्न दिन हुँदैन भन्ने बेलायतको ठाडो आदेशमा नेपाल सरकारले राज्यकोश बाट रु. ८ करोड निकाशा गरी एउटा गिरोहलाई परिचालन गरी विश्व चर्चित परियोजना गोर्खा समाधिमाथि ठाडा अतिक्रमण गरे । यसरी गिरोह परिचालन गरेर ठेकेदारलाई जिम्मा दिएर गरु योजना विपरित प्राविधिक विना गुणस्तरहिन निमार्ण गर्न लगाएर बहुचर्चित गोर्खा समाधिलाई औचित्यहिन बनाइदिएको छ ।
देशमा सार्वभौम सरकार भए सरकारले खोज्न नसकेको, बोल्न नसकेको विषयलाई भूतपूर्व सैनिकहरुको सस्था गेसोले अघि बढेर भू. पू. सैनिकहरुको आफ्नै खर्चमा बेलायतसँग लडेर परिकल्पना गरेको राष्ट्रिय गौरबको परियोजनाको विषयमा गेसोको नेतृत्व र इन्जिनियरलाई बोलायर सरकारले हौसला दिनु पर्नेमा त्यसको ठिक विपरित बेलायतको आज्ञाकारी भएर राष्ट्रको गौरवमय योजनामाथि नागरिकले कर तिरेको राज्यकोशको रकम समेत दुरुपयोग गरी परियोजनामाथिनै अतिक्रमण गरकोमा यस्तो कठपुतली सरकारप्रति खेद ब्यक्त गर्दछौ ।
गुरखा समाधिस्थलमाथिको अतिक्रमण भनेको यो नेपालीहरुको मौलिकता र संस्कृतिमाथिको अतिक्रमण हो । विभिन्न धर्मका धर्मगुरुहरुप्रति पनि यो घोर आपत्तीजनक अपमान हो । त्यसकारण नेपालीहरुलाई विना तलव दास बनाएर युद्धको लागि बेलायतलाई नागरिक बेच्ने अधिकार नेपाल सरकारले कहाँबाट पाएको हो ? नेपाली नागरिकहरुले विना परिश्रम बेलायतको लागि विश्वयुद्ध लडिदिनुपर्ने कारण के हो ? भन्ने सम्वन्धमा सत्य तथ्य जनसमक्ष सार्वजनीक गर्न पूर्व प्रधानन्यायधिसको अध्यक्षतामा तत्कालै एक शत्तिशाली छानवीन समिति गठन गर्न राष्ट्रिय सम्प्रभुता आन्दोलन नेपाल सरकार समक्ष पीडित नेपालीहरुको तर्फबाट माग राख्दछ । बेलायतको दवावले नेपाल सरकारले समिति गठन नगरेमा हामी आफै अघि सरेर पीडित पक्ष र नागरिक स्तरबाटै विज्ञ सम्मिलित एक अन्तर्राष्ट्रिय नागरिक छानवीन आयोग (International citizeninquiry commission) गठन गर्ने छौ ।
भारतीय भुमिमा शासन गरिरहेका अंग्रेजहरु सन् १९४७ मा भारतीय जनताबाट लखेटिएर उसकै देश बेलायत फर्किदा नेपाल सरकारले विना कुनै सन्धी सझौता सदाको लागि नेपाली भुमिमा युद्धको लागि मानव तस्कर गर्न पाउने गरी नेपालको संविधान र सार्वभौमसत्तालाई नेपाल सरकार आफैले ठाडो उलंघन गरी बेलायती सैनिक क्याम्प राख्ने अनुमति दियो ।
यसरी राणा शासनकालबाट अलिअली बचेको नेपालको सार्वभौममिकताको अस्तित्व पनि सरकार स्वयम्ले बेलायतलाई सुम्पे पछि नेपाली नागरिकलाई सार्वभौमहिन विहिन बनाईएको छ । नेपालको संविधानलाई सार्वभौमविनाको संविधान बनाइदिएर सरकार आफैले आफ्नो वैधानिकतामाथि प्रश्न खडा गरिदिएको छ । नेपाली भुमिबाट बेलायती सैनिक शासक हटाउन सरकारको नाममा परमाधेश जारी गरिपाउँ भनी श्री सवोच्च अदालतमा रिट निवेदन दर्ता गर्न जाँदा त्रीपक्षीय संझौताले गर्दा दर्ता गर्न मिल्दैन भनेर दर्ता गर्न मानेन । बेलायतसँग नभएको त्रीपक्षीय संझौता नेपालमा कहाँबाट आयो ?
सार्वभौम राज्य भनेको जम्म दिने आमा भन्दा पनि श्रेष्ठ मानिने धर्तिमाता हो । आफ्नो धर्तिमाताको छातिमाथि बेलायती सैनिक बुटले टेकेर कवाज खेल्दै बेलायती राजा रानीको फोटोमा गार्ड अफ अनरको सेल्युट दिएर नेपाली भुमिमा बेलायती झण्डोक्तल गरी बेलायती सैनिक शासकले नेपाली नागरिकलाई शासन गर्न शुरु गरेको दिनदेखि सरकारमा बस्नेहरुले कुन नैतिकताको आधारमा सार्वभौम राष्ट्र नेपालको संवैधानिक सरकार हो भन्न मिल्छ ?
नेपाली नागरिकलाई भारतीय सेना, बेलायती सेना, सिङ्गापुर र बुर्नइ गरी एउटै देशका नागरिक, एउटै बाबुआमाका छोराहरुलाई ४ राष्ट्रको सैनिक जस्तो युद्ध लड्ने पेशामा विभाजन गरि दिएर नेपालको सम्प्रभुतालाई बेलायतले तहसनहस बनाइदियो । विश्वको नजरमा अस्तित्व वीहिन राष्ट्रका नैतिकता रहित नागरिक बनाइदिएपछि सार्वभौराष्ट्रको स्वाभीमानी नेपाली नागरिक हौँ भनेर विश्वमा गौरब गर्ने ठाँउ कतै बाँकी रहेन ।
नेपाली नागरिकलाई नेपाली भुमिबाटै बेलायती सेनामा गैर कानूनी भर्ति गरेर बेलायती ऐन कानुन तथा राजा, रानी र झण्डा छुन लगाएर सफत ख्वाइन्छ । यसरी नेपाली नागरिकहरुलाई नेपाली भुमिमै बेलायती नागरिक बनाइन्छ । ती युवाहरुको कमाइ र मान्छे पनि फेरी नेपाल नफर्कने गरी काठमाण्डौ विमानस्थलबाट खुलेआम युद्धका लागि बेलायती सेनामा तस्करी गरेको दृष्य टिभीमा नहेर्ने नेपालीहरु कमै होलान । भुटानी शरणार्थी बेचेको अभियोगमा नेपालका मन्त्री र सचिवहरु थुनेको कोठामा आफ्ना नागरिक बेचेको अभियोगमा नेपालका मन्त्री र शासकहरुलाई किन नथुन्ने भन्ने अहम् प्रश्न उत्पन्न भएको छ ।
विश्वलाई मानव अधिकार र प्रजातन्त्रको पाठ सिकाउने नेपालीहरुको रगतको कमाइमा मोजमस्ती गर्न रुचाउने बेलायतका शासकहरुसँग अलिकतिपनि मानवीय नैतिकताको विवेक भएको भए नेपालको नीरिह शासकहरुको कमजोरीको फाईदा उठाएर नेपाल र नेपाली जनतामाथि यसरी खुलेआम मानवतस्करीगर्ने थिएन ।
भारतीय सेनाका नेपालीहरुलाई सन् १९६२ मा छिमेकी राष्ट्र चीनसँग युद्ध लडाइसकिएको छ । अर्को मित्र राष्ट्र पाकिस्तानसँग नेपाली नागरिकहरु भारतीय सीमामा युद्ध लडिरहेका छन । फेरी पनि दुई विशाल छिमेकी राष्ट्रहरु भारत र चीन विच तनाव नहोला भन्न सकिने अवस्था छैन ।
अबपनि नेपालीहरु रोजगारीको लागि भनेर भारतीय सेनामा भर्ति भइ चीनसँग युद्ध लड्न गएभने के चीनले नेपाललाई छिमेकी राष्ट्र भनेर मायाँ गर्ला ? युक्रेनको घटनाबाट नेपाली जनताले पाठ सिक्नै पर्दछ । देश र जनतालाई धराप राखेर स्वार्थको राजनीति गर्ने शासकहरुबाट के को आशा गर्ने ?
नेपाली नागरिकलाई भारतीय सेनामा पठाएर नेपालको छिमेकी राष्ट्र चीन र मित्रराष्ट्र पाकिस्तानसँग युद्ध लडाउने यो नेपाल सरकारको छिमेकी राष्ट्र चीन र मित्ररााष्ट्र पाकिस्तान प्रति नेपालको असंलग्नता परराष्ट्र नीति हो कि बेलायतको साम्राज्यवादी नीति हो ?
बेलायतको साम्राज्यवादी नीतिनै हो भने नेपाल कसरी सार्वभौमसत्ता सम्पन्न राष्ट्र भयो ? नेपाल सरकार कसरी वैघानिक सरकार भयो ? यस सम्वन्धमा नेपाल र बेलायतका शासकहरुको स्पस्ट आधिकारिक धारणा जनसमक्ष नआएसम्म नेपाली भुमिका बेलायती सैनिक क्याम्प राख्न दिएको दिन देखि तथाकतिथ नेपाली सरकारले नेपाली जनतको नाउबाट मित्रराष्ट्रहरुसँग गरेको सन्धी संझौता तथा लिएको रिणको भार बोक्न नेपाली जनता तयार हुने छैनन । यसको सम्पूणै जिम्मा साम्राज्यवादी बेलायतले दिनु पर्दछ ।
राज्यले युद्धको लागि बेलायतलाई बेचेको नेपालीहरुले नेपालको नागरिकता लिने जन्मभुमिको मौलिक अधिकार हो भने, बेलायतमा गइ बाध्यतावस भएपनि सेवा गरेपछि त्यहाँको नागरिकता लिने पनि नेपालीहरुको कर्मभुमिको नै सर्गिक अधिकार हो । जन्मभुमि र कर्मभुमिको हक खोस्ने अधिकार नेपाल र बेलायतका शासकहरुलाई छैन ।
त्यसैले बेलायती सेनामा भर्ति भै शोषित हुन पुगेका नेपालीहरु र तिनका सन्तान दरसन्तानहरुलाई दोहोरो नागरिकताको विशेष ब्यवस्था गरिनु पर्दछ । यि नेपालीहरुलाई गैर आवसीय नागरिक भनेर ब्यवहार गर्न पाइदैन । हामी किन नेपाल र बेलायत दुवै देशको नागरिक लिन हकदार छौ भने नेपालमा मङ्गोल मुलका जनजातिहरु मजबुद भएभने बेलायतको लागि तागाधारी शासकजस्तो अनुकुल जनजातिहरु हुँदैनन् भन्ने बुझेको बेलायतले नेपालबाट जनजातिहरुलाई विस्तापित गरी बहादुर गुर्खा बनाई दिएर विदेशमुखी बनाइदिने षडयन्त्र रच्यो । त्यो षडयन्त्रको शिकार नेपालका जनजातिहरु भएका छन् ।
बेलायती सेनामा भर्ति लिएको दिनदेखि उनिहरुको सरकारी डकुमेन्टमा हिन्दु लेखिदिएर गैह्र हिन्दु जनजातिहरुलाई हिन्दु धर्मावलम्वी बनाइदियो । उनिहरुको मौलिक संकार संस्कृति पूर्णरुपले समाप्तपारी संस्कार विहिन बनाइदिने नियतले प्रत्यक गोरखा पल्टनमा हिन्दु पुरोहित राखेर जन्म देखि मृत्यु सम्मको कर्मकाण्ड गर्न गैर हिन्दु जनजातिहरुलाई हिन्दु सस्कार अनुशार गर्न लगाइयो ।
उनीहरुको मातृभाषालाई समाप्त पार्न रोमन गोर्खालीमा बोल्न र लेख्न बानी बसालिदियो । यसलेगर्दा अहिले आएर न आफ्नो मातृभाषामा सुद्ध बोल्न र लेख्न सक्छन् न उनिहरुले सेवा गरेको देशको अग्रेजी भाषामा सुद्ध बोल्न र लेख्न सक्छन् यसरी न नेपाली बेलायती बनाइदिएर मौलिक संस्कार विहिन बनाइ दियो । यसले गर्दा उनिहरुलाई आफ्नो जन्मभुमि नेपालमा लाहुरेको शव्दले अपमान गरिन्छ । नेपालीहरुको कर्मभुमि बेलायतमा बहादुर गुर्खाको शव्दले पहिचान विहिन बनाइदिएर विश्वभर बहादुर गुर्खा भन्न थालियो । यो अति आपत्तिजनक शव्द हो । किनभने, नेपालका जातजातिहरुको नाममा बहादुर गुर्खा भन्ने कुनै नाम र शव्द हुँदैन ।
बेलायत, नेपालीहरुको रगत र बलिदानले सम्पन्न र सम्वृद्धशालीहुँदै विश्वको भिटोयुक्त शक्तिमा पुगेको हो । बेलायती माटोसँग नेपाली रगतको सम्वन्ध रहेको छ । बेलायतको राज्यकोशमा नेपालीहरुले बेलायतका शासकहरुले भन्दा सयौगुणा बढी कर तिरेका छन् । विश्वभर नेपालीहरुको अदम्य सहास प्रदर्शन गरेर बम्रलुट गरेर अकुत सम्पक्ती बेलायतीहरुले राज्य कोशमा जम्मा गरेका छन् । यसकारण हाम्रो जन्मभुमि नेपाल हो भने नेपालीहरुको कर्मभुमि बेलायत हो ।
नेपालको नागरिकता लिने हाम्रो जन्मभुमि नेपालको मौलिक अधिकार हो । बेलायतको नागरिक लिने नेपालीहरुको कर्मभुमि बेलायतको नैसर्गिक अधिकार हो । दुई देशको नागरिक लिन कानुनले मिल्दैन भने त्यस्तो कानुन फेरिनु पर्दछ । नेपाली नागरिकलाई बहुराष्ट्रिय सेनामा पठाएर छिमेकी राष्ट्र चीन र विश्वका मित्रराष्ट्रहरु विरुद्ध युद्ध लडाएर मानव ब्यापार गर्न पाइन्छ भनेर नेपाल र बेलायतको संविधानको कुन धारामा लेखेको छ ? गल्ति शासकहरुले गरेर त्यसको दोश निर्दोस नागरिकलाई दिन पाईन्छ ?
निष्कर्ष :
नेपाली भुमिबाट बेलायती सैनिक शासकलाई हटाएर नेपाललाई बेलायतको चंगुलबाट मुक्ति दिलाई कलङ्करहित सार्वभौमसत्ता सम्पन्न नेपाल नबनाएसम्म नेपाली जनताले जुनसुकै राजनीतिक पार्टीलाई जतिसुकै शक्तिशाली बनाएर सरकारमा पठाएपनि उसले सुशासन चलाएर देशको विकास गरेर नेपाललाई सम्पन्न र समृद्धशाली बनाउन बेलायतको विश्व विख्यात सैनिक गुप्तचरले दिंदैन ।
२००७ सालको आमुल राजनीतिक परिवर्तन पछि आजसम्म बेलायतमा जे जस्ता अकल्पनीय राजनीतिक घटन परिघटनहरु घटे चाहे त्यो २०१७ को काण्ड होस्, चाहे त्यो दाशढुङ्गा हत्याकाण्ड होस् चाहे त्यो दरबार हत्याकाण्ड, तीनको पछाडी आफु देखा नपरी विभिन्न गिरोहहरुलाई परिचालन गर्नमा बेलायतको विश्व विख्यात सैनिक गुप्तचरको हात रहेको भन्नमा मलाई कुनै हिचकिचाई छैन ।
यो मेरो बेलायती सेनामा रहदाँ सैनिक गुप्तचर तालिम गर्दाको अनुभवको आधारमा भनिएको हो । साथै अर्को प्रमाण हो, विक्रम सम्वत् २०५४ साल भाद्र महिनामा गेसो आन्दोलनले लैनचौर स्थित बेलायती दुतावासबाट बेलायती सैनिक गुप्तचरको कार्यालय हटा भने ३ दिनसम्म हजारौ भू. पू. सैनिकहरुले बेलायती दुतावासमा धर्ना बस्ता सैनिक गुप्तचरको कार्यालयका साथै भिसाशाखा पनि हटाएर दिल्लीमा लग्यो । यी घटना यसको ठोस प्रमाण हो ।
नेपाली भुमिबाट बेलायती सैनिक शासकलाई हटाउनु पूर्व उसले नेपाललाई सयौँ बर्षसम्म टाउको उठाउन नसक्नेगरी दलदलमा फसाइदिएको र सार्वभौसत्तामाथि ठाडो अतिक्रमण गरेकोमा पाइपाइको हिसाव खोजिनु पर्दछ । बेलायतसँगको यो विवादको फाईल खुल्नै पर्छ । विगत २१० बर्षदेखि आजसम्म बेलायतको कारणले गर्दा नेपालले बेहुर्नुपरेको क्षती विना तलब नेपालीहरुलाई युद्धमा प्रयोग गरेको क्षतीको क्षतिपूर्ति, युद्धमा होमी जातीय नरसङ्हार गरी अहिलेसम्म बेखबर पारिएका नेपालीहरुको मानवीय क्षेतीपूर्ती, बेलायती शासकको कारणले बिश्वसामु नेपालीहरुले गुमाएको स्वाभीमानी प्रतिष्ठाको पाइपाइको हिसाव किताव गरेर मात्र नेपाली भुमिबाट बेलायती सैनिक क्याम्प कसरी हटाउने भन्ने सम्वन्धमा प्रकृया शुरु हुनुपर्दछ ।
बेलायतसँगको समस्याहरु समाधान गर्न दिपक्षीय शक्तिशाली समिति गठन गर भनेर नेपाल र बेलायतका प्रधानमन्त्रीहरुलाई २०८१ साल मङ्सीर १२ गते ज्ञापनपत्र बुझाइसकेको छौ । यो राष्ट्रघातको मामला समाधान नगरेसम्म नेपाल सार्वभौमराष्ट्र हुनै सक्दैन । नेपाली जनता सार्वभौमराष्ट्रको स्वाभीमानी नेपाली पनि हुनै सक्दैन र नेपालले विकासको गति लिन पनि सक्दैन ।
बेलायत सरकारको डर, धाक र दबाबले गर्दा नेपाल सरकारले समिति गठन गर्दैन भने जनस्तरबाट हामी आफै अघि बढ्ने छौ नेपाल सरकारको प्रतिक्रियाको प्रतिक्षामा छौ । कस्तो कार्यक्रम सहित अघि बढ्छौ भन्ने सम्वन्धमा नेपालको सरकारको प्रतिक्रियापछिनै हामीले थप कार्यक्रम सार्वजनिक गर्नेछौ ।
- गोर्खा भू. पू. सैनिक संघ (गेसो)का सस्थापक सभामति पदमबहादुर गुरुङद्वारा यहि बैशाख १४ गते राष्ट्रिय सम्प्रभुता आन्दोलनद्वारा आयोजित “विदेशी सेनामा नेपाली नागरिकको गैरकानुनी भर्ती: राष्ट्रिय सम्प्रभुताप्रतिको हाँक र ऐतिहासिक क्षतिको क्षतिपूर्ति” बिषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्र सान्दर्भिक भएकोले प्रकाशन गरिएको हो – सम्पादक