कार्ल माक्र्स र दास क्यापिटल
‘दास क्यापिटल’ अर्थात ‘पूँजी’ जस्तो सुप्रसिद्ध र विश्वलाई नै अपूर्व नयाँ मोड दिने र नयाँ दिशाबोध गराउने महान ग्रन्थका लागि अध्ययन सामाग्री जुटाइरहेका, अध्ययन गरिरहेका र लेखिरहेका बेला कार्ल माक्र्स गहन र गम्भीर महत्वका सैद्धान्तिक खोज अनुसन्धान र अध्ययनमा गम्भीर र गहिराइपूर्वक लागेका थिए नै । तर यसरी अत्यन्तै महत्वपूर्ण सैद्धान्तिक अध्ययनमा समर्पित रहेका बेलामा पनि कार्ल माक्र्सले कोरा सैद्धाान्तिक अध्ययन मात्रै गरिरहेका थिएनन्, तत्कालीन राजनीतिक घटना क्रमसँग आफ्नो सम्पर्क सुत्रलाई पनि निरन्तर जोडिरहेका र कायम राखिरहेका थिए र त्यस प्रकृयालाई एक क्षण पनि पटक्कै टुट्न दिएका थिएनन् । उनले एक सक्रिय प्रचारकर्ताका रुपमा आर्थिक बिकास र यूरोप तथा अमेरिकी देशहरुमा त्यहाँका शासक वर्गका नीतिहरुको अध्ययन पूरा सतर्कताका साथ गर्दै रहेका थिए । ती देशहरुमा चलिरहेका जनवादी तथा सर्वहारा आन्दोलनहरुका सानाभन्दा साना उपलब्धीहरुमाथि पनि सुक्ष्मतम् दृष्टिले गौर गरेर हेर्ने कुरामा माक्र्स कहिल्यै चुकेका थिएनन् ।
१८५० को दशकमा चार्टिष्ट आन्दोलनको बाम पक्षले मजदुर वर्गका बीच प्रचार कार्यको दिशामा केही सशक्त कदम उठायो । त्यस क्रममा केही चार्टिष्ट नेताहरु र आम कार्यकर्ताहरुका बिचारधारात्मक धारणाका बारेमा माक्र्सकााा बिचारहरु लगातार गहिरो हुँदै गएको छाप प्रष्टसँग उनमा देख्न सकिन्छ । १८५० मा चार्टिष्ट पत्र– रेड रिपब्लिकनमा पहिलो पटक माक्र्सवादको कार्यक्रम, दस्ताबेज, कम्युनिष्ट पार्टीको घोषणापत्र(अग्रेजीमा अनुबाद) प्रकाशित गरियो । चार्टिष्ट प्रेसका कतिपय लेखहरुमा खासगरी ती लेखहरुमा जसमा बालिग मताधिकारद्वारा राजनीतिक शक्ति हासिल गर्नका लागि मानिसहरुलाई अपिल गरिएको थियो, घोषणापत्रका बिचारहरुलाई अभिब्यक्ति दिइएको थियो ।
कार्ल माक्र्सले–द पिपुल्स पेपर–साप्ताहिक निकाल्नमा–चार्टिष्ट–नेता अर्नेष्ट जोन्सलाई मद्दत गरे । त्यस पत्रिकाको पहिलो अंक १८५२ मा निस्कियो । त्यसमा माक्र्सका १७ वटा लेखहरु प्रकाशित भए । जोन्सको अनुरोधमा माक्र्सले प्रायः पत्रिकाको सम्पादनमा रुची लिए र त्यसलाई उनले एउटा क्रान्तिकारी साप्ताहिकको रुप दिन मद्दत गरेका थिए ।
चार्टिष्ट नेताहरुले १८५४ मा मजदुर ट्रेड यूनिनयहरु र क्बलहरुका प्रतिनिधिहरुको काँग्रेस म्याञ्चेष्टरमा आयोजना गरे । उनीहरुको उद्देश्य एउटा ‘जन आन्दोलन’ नामले चार्टिष्ट संगठन निर्माण गर्ने थियो । माक्र्स म्याञ्चेष्टर गएर त्यसमा भाग त लिन पाएनन् तर उनले काँग्रेसका लागि एउटा पत्र लेखे र त्यसमा सर्वहारा पार्टी गठन गरेर मजदुर वर्गलाइ राष्ट्रियरुपमा एक जुट तुल्याउन पर्ने आवश्यकता माथि जोड दिए ।
१८५५ को गर्मीका समयको आइतबारका दिन ब्यापार बन्द गर्ने सरकारको निर्णयका विरुद्ध श्रमजीवी जनताले लण्डनका सडकमाहरुमा विशाल प्रदर्शन गरे । त्यसमा उनीहरुको माग थियो कि आमरुपमा मजदुरहरुकलाई उनीहरुको साप्ताहिक मजदुरी शनिबारका दिन दिने गरिन्छ र उनीहरु श्रीमतीहरु आइतबारका दिन बजारमा किनमेल गर्न सक्दछन् । त्यसैले यस दिन बजार(दोकानहरु) खुल्नु पर्दछ । यो ठूलो प्रदर्शनमा कार्ल माक्र्स स्वयं र बिल्हेम लिब्नेख्ट पनि सहाभागी थिए । अनि जब पुलिसले प्रदर्शनकारीहरुमाथि हमला ग¥यो त्यस बेला ती दुबै ब्यक्ति पक्राउ पर्नबाट धन्न धन्न जोगिए ।
त्यतिबेला बृटिश मजदुरहरुका हडताल, आन्दोलन र जनकारवाहीहरुले साबित गरेका थिए कि मजदुर वर्गमा अपार सम्भावना निहीत रहेको छ । प्रश्न के थियो भने के ती सम्भावनहरुलाई मूर्त रुप दिन सकिन्छ ? प्रश्न अर्को के पनि थियो भने आउदा केही वर्षमा के सर्वहारा वर्ग न केवल ‘आपूmमा आफै एउटा वर्ग’ मात्र होइन कि ‘आफ्नै लागि एउटा वर्ग’ बन्न सक्ला ? यो वास्तवमाा कम महत्वपूर्ण कम गम्भीर प्रश्न थिएन । यस अध्ययनको क्रममा त्यतबेला इंगल्याण्डको आर्थिक तथा राजनीतिक परिस्थितिको विश्लेषणबाट माक्र्स कुन निष्कर्शसम्म पुगेका थिए भने यदि व्रिटिश मजदुर वर्ग सुसंठित भयो र आफ्नो जागरुपता बढायो अनि आफ्ना भावनालाई बढी क्रान्तिकारी बनायो भने सम्भवतः इंल्याण्डको विकासले क्रान्तिकारी परिवर्तनको बाटो पक्रिन सक्छ (तर १८५०को दशकको अन्तिम वर्षहरुमा यो स्पष्ट भयो कि चार्टिष्ट आन्दोलनले राजनीतिक मोर्चा नै त्यागी दियो ।
१८५० का बेला ट्रेड यूनियनको विकास तीव्र गतिमा भइरहेको थियो । भवन निर्माण, इञ्जिनियरिङ्ग, सूती कपडा उद्योग र अन्य उद्योगहरुमा मजदुरहरुले ट्रेड यूनियन बनाएर पूँजीको हमलाका विरुद्ध श्रमिक शक्तिलाई एकजुट पार्ने कोसिश गरिरहेका थिए । तर ट्रेड यूनिनय नेतृत्वले आफ्नो सारा ध्यान केवल आर्थिक मागहरुमाथि मात्र केन्द्रित ग¥यो । मजदुर आन्दोलनमा ट्रेड यूनियनबाद यसरी लगातार हावी हँुदै जान थाल्यो । व्रिटेन विश्वको सबैभन्दा ठूलो औद्योगिक र औपनिवेशिक शक्तिकारुपमा उदाउनाले यस प्रक्रियालाई अझ बल मिल्यो र मजदुर वर्गका बीच एउटा यस्तो अभिजात्य तप्का हुर्किएर देखाप¥यो जसलाई व्रिटिश पूँजीपति वर्गले आडधाप दिन्थ्यो र मजदुर वर्गमाथि आफ्नो प्रभाव कायम राख्ने औजारकारुपमा तिनको उपयोग गर्ने गर्दथ्यो ।
सन् १८५०को दशकको अन्तिम र १८६० को दशकका आरम्भिक वर्षहरुमा यूरोप र अमेरिकामा १८५७–५८ को आर्थिक संकट पछि क्रान्तिकारी आन्दोलनमा फेरि उभार आयो । आर्थिक संकटको आरम्भ अमेरिकामा भयो र त्यसले चाँडै नै यूरोपलाई पनि ग्रस्त बनायो । अन्ततः त्यसले पूँजीवादी इतिहासमा पहिलो पटक एउटा विश्वव्यापी संकटको रुप लियो । अमेरिकाको यो संकटको समाचार पाउने वित्तिकै माक्र्सले एंगेल्सलाई लेखेका थिए– ‘‘अमेरिकाको यो संकट बहुत ठूलो र अन्त्य नहुने किसिमको छ । सन्देह के छ भने ठूलो संख्यामा निर्यात फर्महरु कंगाल हुन जानेछन्, अहिलेसम्म त केही फर्महरु मात्रै यस्तो स्थितिमा पुगेका छन् । इंगल्याण्डमा यसको यत्तिका प्रभाव प¥यो कि लिभरपुलको सिटी बैंकसम्म यसबाट प्रभावित भएकोछ ।’’
संकटको फलस्वरुप उत्पादनमा जबर्जस्त कमी आयो । सम्पूर्ण पूँजीवादी अर्थव्यवस्थाका जोर्नीहरु हल्लिए । हजारौं फर्महरु कंगाल बन्न पुगे । बैंक अफ इंगल्याण्डले नोट छाप्ने काम ग¥यो तर त्यसको मूल्य बराबरको सुन सुरक्षित कोषमा राखेन ।
मजदुर वर्गमाथि त झन भयंकर संकटको पहाडै फुट्न गयो । इंगल्याण्डमा लभगभ ६० प्रतिशत औद्योगिक मजदुर पूर्णत ः या आंशिकरुपमा बेरोजगार हुन गए । माक्र्सका गोजीमा पनि यो संकटको सोझै असर प¥यो । ‘न्यू योर्क डेली ट्रिब्यून’ मा प्रकाशित लेखहरुबाट हुने गरेको सानो आम्दानी पनि आधा मात्र रहन गयो । उनको घरका सबै कुराहरु एक पटक पुनः बन्धक राख्ने दोकानमा पुग्न गए ।
आर्थिक संकटसँग सम्बद्ध आफ्ना लेखहरुमा माक्र्सले बताए कि पूँजीवादी अर्थशास्त्रीहरुद्वारा त्यसमाथि काबु पाउन गरिएका प्रयत्नहरु असफल हुनेछन् । उनले घोषणा नै गरे कि जबसम्म पूँजीवादी प्रणाली रहनेछ त्यसबेलासम्म आर्थिक संकट पनि कायम रहनेछ ।
विश्व आर्थिक संकटले यूरोपेली तथा अमेरिकी देशहरुको राजनीतिक क्षेत्रहरुमा परिवर्तनकै गति तीव्र तुल्याइदियो । १८५० को दशकको अन्त्यमा रुसमा क्रान्तिकारी स्थिति पैदा भइसकेको थियो । १८६१–६५ का बेला काला मनिसहरुको दासतालाई लिएर अमेरिकामा जबर्जस्त गृहयुद्ध भयो । इटालीमा सशस्त्र क्रान्तिकारी उभार आएको थियो । अनि १८६२–६४ मा पोल्याण्डमा अष्ट्रियाई शासनका बिरुद्ध विद्रोहको भावना भड्एिको थियो । माक्र्सले मजदुर वर्गका राजनीतिक गतिविधिको विकासको अध्ययन त्यतिबेला गहनतम् र गहिराई पूर्वक गरे । उनले जनवादी तथा सर्वहारा आन्दोनलको विकासको अध्ययन गरे । यस विषयमा कयौं लेखहरु लेखे र विभिन्न देशहरुका क्रान्तिकारीरुका बीच दृढ सम्पर्क सुत्र स्थापित गर्न जोडतोडले लाग्ने कोसिश गरे ।
माक्र्स यो कुरा बताउने पहिलो व्यक्ति भएका थिए कि अमेरिकी गृह युद्ध प्रथमतः र अनिवार्यतः दुई समाज प्रणालीको युद्ध हो । अमेरिकामा काला मानिसहरुको दासताको समाप्तिको स्थितिमा माक्र्स र एंगेल्सले त्यसबाट देशको इतिहासमा एउटा नयाँ मोड आइरहेको अनुभूत गरिरहेका थिए, जसको असर सारा संसारको इतिहासमा पर्नेवाला थियो ।
रुसको अध्ययन गर्दै त्यतिबेला माक्र्सले त्यहाको किसान आन्दोलनको विकास र १८५० को दशकको अन्त्यको समयमा परिपक्क हुँदै गएको क्रान्तिकारी अवस्थामा विशेषरुपले ध्यान दिएका थिए । उनले रुसमा तीव्ररुपमा औद्योगिक विकासको आवश्यकता माथि जोड दिएका थिए । किनभने आर्थिक दृष्टिले रुस पश्चिमा देशहरुको तुलनामा धेरै नै पिछडिएको थियो ।
अनि १८६३ को आरम्भमा रुसको पोल्याण्ड खण्डमा जातिय मुक्ति संघर्ष सुरु भएको थियो । त्यससँगको जनबादी तथा मुक्ति आन्दोनलहरुको मोर्चा व्यापक हुन गयो । एंगेल्सलाई लेखेको एउटा पत्रमा माक्र्सले गौर गरेर के लेखेका थिए भने पोल्याण्ड विद्रोह यूरोपमा क्रान्तिकारी उभारका बीच शुरु भएको थियो । परिस्थिति त्यसको अनुकूल छ । ‘‘आशा छ कि यस पटक लाभा पूर्वबाट पश्चिम तिर बग्नेछ’’ माक्र्सले पत्रमा लेखेका थिए । माक्र्सको रायमा विद्रोहको सफलता आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै नै परिस्थितिमाथि निर्भर थियो अर्थात् आन्तरिरुपले यो यस कुरामा निर्भर थियो कि के व्यापक किसान समुदायलाई यस आन्दोलनमा सामेल गर्न सकिने छ र अन्तर्राष्ट्रिय स्तरमा यसको निर्भरता रुसमा क्रान्तिको सम्भावनामाथि थियो । तर चाँडै नै विद्रोहको नेतृत्व ठूला जमिनदारहरु र उच्चस्तरका पूँजीपतिहरुको त्यस पार्टीले आफ्नो हातमा लियो जो किसान जनतासँग डराउँदथे र इंगल्याण्ड र फ्रान्सबाट मद्दतको अपेक्षा गर्ने गर्दथे । जस्तो कि माक्र्सले बताएका छन्, विद्रोहीको मद्दत न त फ्रान्समा नेपोलियन तृतीयको सरकारले ग¥यो न इंगल्याण्डमा पामर्सडन सरकारले । धेरैभन्दा धेरै तिनले कूटनीतिक तिकडमहरुको सहारा लिदै रहे ।
पोलिश विद्रोहको समर्थनमा माक्र्सले जे गर्न सक्थे त्यो उनले अवश्य पनि गरे । समाचारपत्रहरुको माध्यमबाट उनले जार र प्रशाका सरकारहरुद्वारा पोलिश विद्रोहको विरुद्धको षड्यन्त्रको पर्दाफास गरे र पोलिस विद्रोहीहरुको सहायता गर्नमा फ्रान्स तथा व्रिटिश सरकारहरुले उनको निन्दा गरे । विद्रोहले जुन रुप धारण ग¥यो र जारको फौजले जुन दारुणताकासाथ विद्रोहीहरुलाई कुल्चियो त्यसबाट माक्र्सको यो निष्कर्श सही साबित भयो कि पोलिश जनताको मुक्ति संघर्ष पश्चिमा देशहरुको सरकारहरुको सहयोगमा होइन, बरु रुस भित्र क्रान्तिकारी आन्दोलनसँको सहयोगमा निर्भर थियो र यसका साथै यस कुरामा पनि निर्भर थियो कि पोलिश जनताले आफ्नो मुक्ति संघर्षलाई क्रान्तिकारी किसिमले चलाउन सक्छन् कि सक्दैनन् अनि किसान वर्गको हितमा क्रान्तिकारी परिवर्तनसँग आफ्नो संघर्षलाई जोड्न सक्छन् कि सक्दैनन् ।
पोलिश विद्रोहको स्मृतिमा माक्र्सकी ठूली छोरी जेनीले क्रस पहिरिइन् । पछिबाट उनले क्रसलाई हरियो फितामा उनेर पहिरिएकी थिइन् । हरियो रंग आयरल्याण्डको पारम्परिक रंग हो । त्यो पहिरिएर जेनी आयरिस मुक्ति संघर्षप्रति आफ्नो समर्थन जाहेर गर्न चाहन्थिन् ।
अनि १८५९ का आरम्भिक दिनहरुमा इटली महान क्रान्तिकारी घटनाहरुको संघारमा थियो ः देश विभक्त थियो जसले गर्दा विकास अवरुद्ध थियो, उत्तरी भागमा अष्ट्रियाको अधिकारलाई लिएर इटलीबासी कुपित थिए । मार्सको के विश्वास थियो भने आफ्नो देशको भाग्यको फैसला केवल इटलीनिबासीले गर्न सक्छन् अनि आफ्ना उत्पीडकहरुकाप्रति तिनको ज्वलन्त घृणा राष्ट्रव्यापी क्रान्तिकोरुपमा सामुमा आउने छ । उनको के राय थियो भने मध्यम र साना पूँजीपति वर्ग, किसान, बुद्धिजीबीहरु उदाउँदो मजदुर वर्गलाई सामन्त वर्ग विरोधी जनवादी शक्तिको वरिपरी गोलबन्द गर्नु पर्दछ, ता कि उनीहरुले देशका सामुमा रहेको गर्नै पर्ने कामलाई सफल बनाउन सकुन् । इटलीका जनबादीहरुलाई तुरुन्तै साबधान गर्दै माक्र्सले उनीहरुलाई बताएका थिए कि नेपोलियन तृतीय केवल आफ्नो स्वार्थ सिद्धिको दृष्टिले इटलीको मामिलमा रुचि लिइरहेका छन् ।
यता गैरीबाल्डीका सेनाद्वारा दक्षिण इटलीलाई नेपिल्सको बीरबोन वंशको चंगुलबाट मुक्त गर्ने खबर माक्र्ससम्म पुग्दा उनले त्यसको जोडदार स्वागत गरेका थिए । तर एक राजनीतिज्ञकारुपमा गैरीबाल्डी त्यत्तिकै निकम्मा साबित भयो जत्तिको श्रेष्ठ उ क्रान्तिकारी सेनानायकका रुपमा सिद्ध भएको थियो । पूरै दक्षिण इटलीलई स्वतन्त्र गराइसकेपछि गैरीबाल्डीले रोमतर्फ आफ्नो प्रस्ताबित दौड रद्द गर्दियो, आफ्नो अधिकार त्यागिदियो र यसरी अदूदर्शी तथा ढुलमुलकारीको परिचय दियो– जसका लागि यो जानिने गरिन्छ ! सम्पूर्ण इटलीको एकता के कसरी स्थापित हुनेछ– यस प्रश्नलाई उसले उचित महत्व दिएन । परिणाम के भयो भने एक रिपब्लिकन र जनबादी हुँदाहुँदै पनि जब संबैधानिक राजतन्त्र अन्तरगत इटलीको एकीकरणको प्रश्न उठ्यो त्यतिबेला उसले त्यस्तो बिचारको विरोध गरेन । पूँजी लेखिरहँदा माक्र्स यिनै जीवन्त र बदलिरहेका ठोस वस्तुगत घटना परिघटनाहरुमा सामेल भइरहेका र तिनको सुक्ष्म अध्ययन र अबलोकन गरिरहेका थिए र यसरी सही निष्कर्श निकालिरहेका थिए ।
कार्ल माक्र्स ६५ वर्ष मात्र बाँचे । सन् १८१८ मा जन्मेका माक्र्सको सन् १८८३ मार्च १४ मै देहावसान भयो । तर उनी मेरर पनि बाँचेका छन् र श्रमजीवी जनताको मुक्ति र प्रगति नभएसम्म उनी जीवन्तरूपमा सधैँ स्मरणमा रहिरहने छन् । विश्व मानवताको मुक्ति र प्रगतिको निम्ति मार्गदर्शन गर्ने अभूतपूर्व विश्व व्यक्तित्व जिन्दावाद ।
कार्ल माक्र्सका महत्वपूर्ण पाच कुरा ः
१. बालबालिकालाई पढाउनुपर्छ ः
केही मानिसहरूले यो कुरालाई एउटा भनाइका रूपमा मात्र लिन सक्छन् । तर सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र लेखिरहेकोबेला माक्र्सले बालश्रमको चर्चा गरेका थिए । अन्तर्राष्ट्रिय श्रम संगठनको सन् २०१६ को तथ्याङ्कअनुसार संसारमा १० मध्ये एक बच्चा बालश्रमिक छन् ।
धेरै बालबालिकाहरू कलकारखाना छाडेर विद्यालय जानुमा माक्र्सको ठूलो देन छ । ‘द ग्रेट इकोनोमिष्ट’ पुस्तककी लेखिका लिण्डा यू भन्छिन्, “सन् १८४८ मा जारी माक्र्सको घोषणापत्रमा बालबालिकालाई विद्यालयमा निःशुल्क शिक्षा दिइनुपर्ने कुरा १० बुँदामध्ये एउटा थियो । कलकारखानामा हुने बालश्रममाथि रोक लगाउनुपर्ने कुराको पनि त्यसमा चर्चा गरिएको थियो ।”
२. आफ्नो जिन्दगीको मालिक आफै हुनुपर्छ ः
के तपाईँ हप्ताको सात दिन काम गर्नुहुन्छ ? कामका बेला खाजा–खाना खाने समय लिनुहुन्छ ? एउटा निश्चित उमेरपछि तपाईँ सेवा निवृत्त हुन र निवृत्तीभरण पाउन चाहनुहुन्छ ? यदि तपाईँको जवाफ सकारात्मक छ भने तपाईँ माक्र्सलाई धन्यवाद दिन सक्नुहुन्छ । लण्डन स्कुल अफ इकोनोमिक्सका प्राध्यापक माइक साभेज भन्छन्, “पहिला पहिला लामो समयसम्म काम गर्न भनिन्थ्यो । तपाईँको समय तपाईँको हुँदैनथियो र तपाईँ आफ्नो जिन्दगीका लागि सोच्न पाउनु हुँदैनथियो ।”
पूँजीवादी समाजमा मान्छेलाई बाँच्नका निम्ति उनीहरूको श्रमलाई कसरी बाध्यता बनाइनेछ भन्नेबारे माक्र्सले लेखेका थिए । उनका अनुसार मानिसहरूलाई अधिकांश समय उनीहरूको परिश्रमअनुसारको पारिश्रमिक दिइने गरिएको थिएन र उनीहरूमाथि शोषण गरिएको थियो । माक्र्स चाहन्थे मान्छेको जिन्दगीमाथि उसकै अधिकार होओस्, मान्छेको जीवन अरू कुराभन्दा सर्वोपरि होओस् । उनी चाहन्थे मान्छेहरू स्वतन्त्र होऊन् र मान्छेभित्रको सिर्जनात्मक क्षमताको विकास होओस् । साभेज भन्छन्, “वास्तवमा माक्र्स भन्छन् – हामीले हाम्रो जीवन यसरी जिउनुपर्छ कि जसको मूल्याङ्कन कामले नगरियोस् । एउटा यस्तो जीवन जसको मालिक हामी आफै होऊँ, जहाँ हामी आफैले यो कुराको निर्धारण गर्न सकौँ कि हामी कसरी जिउन चाहन्छौँ । आजकाल यही सोचका साथ मानिसहरू जिउन चाहन्छन् ।”
३. रूचिअनुसारको काम गर्न पाउनुपर्छ ः
आफ्नो मनले भनेको काम गर्दा मान्छेलाई खुसी मिल्छ । तर आपूmले चाहे बमोजिमको काम नहुँदा मान्छेले दत्तचित्त भएर गर्न सक्दैन र ऊ निराश हुन्छ । यी कुराहरू अरूले नभई स्वयं माक्र्सले भनेका हुन् । सन् १८४४ मा लेखेको आफ्नो पुस्तकमा माक्र्सले काममा पाइने सन्तुष्टिलाई मान्छेको भलाइसँग जोडेर हेरेका थिए । तत्कालीन समयमा यस्तो कुरा गर्ने उनी पहिलो व्यक्ति थिए । उनको तर्क थियो हामी आफ्नो अधिकांश समय काममा खर्चिन्छौँ । अतः यो आवश्यक छ कि आफ्नो कामबाट हामीलाई खुसी मिलोस् ।
४. भेदभावको विरोध गर्नुपर्छः
यदि समाजमा कोही खराब छ, यदि तपाईँलाई लागेको छ कि कसैप्रति अन्याय, भेदभाव वा गलत भइरहेको छ भने तपाईँ त्यसको विरोध गर्नुस् । तपाईँ संगठित भएर विरोध गर्नुस् र परिवर्तनका लागि संघर्ष गर्नुस् । संगठित विरोधका कारण कैयौँ देशको दिशा बदलिएको छ । विभिन्न प्रकारका भेदभावविरूद्ध कानून बनोस् ।
लण्डनमा हुने माक्र्सवादी कार्यक्रमका आयोजकमध्येका एक लुइस निल्सन भन्छन्, “समाजलाई बदल्न क्रान्ति आवश्यक हुन्छ । हामी समाजको राम्रोका लागि विरोध प्रदर्शन गर्छौँ । यसरी सर्वसाधारणले आठ घण्टा काम गर्ने अधिकार पाएका हुन् ।”
माक्र्सको व्याख्या एक दार्शनिकको रूपमा गरिन्छ । तर निल्सन यो कुरासँग असहमत छन् । उनी भन्छन्, “उनले जे लेखे र गरे त्यो एउटा दर्शन जस्तो लाग्छ । तर जब तपाईँ उनको जीवन र कामलाई नजिकबाट नियाल्नुहुन्छ, तब तपाईँ महसुस गर्नुहुन्छ कि उनी एक अभियानकर्मी थिए । उनले अन्तर्राष्ट्रिय कामदार संघको स्थापना गरे । उनी गरिबहरूसँगै हड्तालमा सहभागी भए ।”
“महिलालाई मतदानको अधिकार कसरी प्राप्त भयो ? यो अधिकार संसद्का कारण नभई महिलाहरू संगठित भएर विरोधमा उत्रिएकाले पाए । काम गर्नेहरूले साप्ताहिक विदा कसरी पाए? मजदुरहरू संगठित भएर हड्तालमा उत्रिएकाले पाए ।”
५. सञ्चारमाध्यममाथि निगरानी राख्नुपर्छ ः
सरकार र ठुला व्यापारिक घरानाले साठगाँठ गरे तपाईँलाई कस्तो लाग्ला ? व्यापारिक प्रतिष्ठानले तपाईँका सबै जानकारी सरकारलाई उपलब्ध गराइदिए के तपाईँ आपूmलाई सुरक्षित महसुस गर्नुहुन्छ ? १९ औँ शताब्दीमै माक्र्सले यस्तो महसुस गरेका थिए । हुन त त्यो बेला सामाजिक सञ्जालहरू थिएनन्, तथापि माक्र्स पहिलो व्यक्ति थिए, जसले त्यस्तो साठगाँठको व्याख्या गरे । ब्वेनस आइरिज विश्वविद्यालयका प्राध्यापक भालेरिया वेघ वाइस भन्छन्, “माक्र्सले त्यतिबेलै सरकार, बैंक, व्यापार र उपनिवेशीकरणका प्रमुख एजेन्टहरू बिचको साठगाँठबारे अध्ययन गरे ।”
उनी थप्छन्, “माक्र्सले सञ्चारमाध्यमको शक्ति बुझेका थिए । मानिसहरूको सोचाइ प्रभावित गर्नका लागि सञ्चारमाध्यम उपयुक्त माध्यम थिए । आजकल हामी झुटा समाचारका कुरा गर्छौँ । तर माक्र्सले उहिल्यै यस्तो कुरा बताइसकेका थिए ।” “माक्र्सले त्यतिबेला प्रकाशित हुने गरेका लेखहरूको अध्ययन गर्दथे । उनी यो निष्कर्षमा पुगेका थिए कि गरिवहरूले गर्ने अपराधलाई सञ्चारमाध्यमले ठुलो स्थान दिन्छन्, जबकि नेताहरूले गर्ने अपराधको घटनालाई दबाउँछन् ।”

