नेपाली सेनाको विगत र वर्तमान
वि.सं. १८७३ (सन् १८१४–१८१६) को नेपाल अंग्रेज युद्धसम्म तत्कालीन गोर्खा फौज र काठमाडौँ कब्जा भएपछि नेपाली सेनाको प्रतिष्ठा उत्कर्षमा थियो । सन् १८१४–१६ को ब्रिटेन र नेपालीबीचको युद्धमा नेपाली पक्ष पराजित भयो । विश्वको इतिहास साक्षी छ । पराजितहरूको इतिहास प्रतिरोध वा पतनमध्ये एउटा हुन्छ । युद्धमा पराजित भएपिछ भीमसेन थापाले फ्रेञ्च प्रविधिद्वारा नेपाली सेनाको आधुनिकीकरण गर्ने, शक्ति सञ्चय गर्ने र नयाँ एसियाली संयुक्त मोर्चाद्वारा प्रतिरोध गर्ने रणनीतिमा लागे । तर राजदरबारको लम्पट चरित्र र पृथ्वीनारायण शाह, बहादुर शाह, राजेन्द्र लक्ष्मी तथा कुशल भारदारको अभावमा भिमसेन थापाको हत्या र देशभक्त धारा कमजोर भयो । भिमसेन थापाको हत्या, माथवरसिंह थापाको हत्या हुँदै कोतपर्वसम्म पुग्दा सम्पूर्ण देशभक्त भारदारहरूको हत्या भयो । जङ्गबहादुरजस्ता ‘अंग्रेजका कुकुर’ सत्तारुढ भए । नेपाली सेनासहित सम्पूर्ण राजकीय सम्पन्न विदेशीका कठपुतली बन्न पुगे ।
सुगौली सन्धिसँगै दलाल धारा बलशाली भएर गयो । बलभद्र कुवँर भाडाको सिपाही बन्न गए । अमरसिंह थापा गोसाइकुण्ड गएर उतै मरे । भिमसेन थापा, माथवरसिंह मारिए । यी सबै राजनीतिज्ञ र सैन्य कमाण्डर थिए । राणाहरूले युवा बेचेर भारतमा अथाह सम्पत्ति थुपारे । यसरी नेपाली सेनाको पतन र विसर्जनको कथा सुगौली सन्धिबाट प्रारम्भ हुन्छ । लामो समय दासत्वमा गुज्रेपछि दासत्व नै संस्कृति बन्छ । दासहरू मालिकको आदेशलाई धर्म ठान्छन । जसरी हिन्दू समाजका दासीहरू पुरुषको गोडा धोएर पानी खानमा गर्व गर्छन् ।
अंग्रेजविरुद्ध जीवनभरी लडेका पृथ्वीनारायण शाहका सन्तती र राणा कमाण्डहरू ब्रिटेनका दलाल भएर गए । स्वामी महाराज भनिने रणबहादुर शाहले ‘म मरी मुलुक डुब्ने छैन, भिमसेन म¥यो भने मुलुक डुब्न्या छ’ भनेका थिए । भिमसेन थापाको मृत्यसँगै देश उपनिवेशतिरको यात्रामा गतिवान भयो । त्यसपछि अर्थ–राजनीति, संस्कृति र मनोविज्ञान सबैतिर दास–मानसिकता, संस्कृति र त्यसअनुसारको भाष्य निर्माण गरियो ।
राणा र शाह खलकको वर्चस्व रहेको नेपाली सेना २००७ सालपछि अंग्रेजको पकडबाट भारतको दासत्वमा स¥यो । त्यही प्रगतिशीलता र लोकतन्त्र विरोधी सेनाले २०१७ सालमा बहुदलीय व्यवस्था र नागरिक स्वतन्त्रताको हत्या ग¥यो । निरंकुश राजशाही पञ्चायती व्यवस्था, मण्डलेतन्त्रको नायक राजा महेन्द्र र नेपाली सेना नै हुन् ।
सन् १९५८ (वि.सं. २०१५) मा नेपाली सेना संयुक्त राष्ट्रसंघको शान्ति सेना (UN Peace Reeping Mission)मा सहभागी भयो । शान्ति सेनाको नेतृत्व र व्यवस्थापन अमेरिका र अमेरिकी सेनाले गर्दै आएको छ । सेवा–सुविधा, लोकप्रियता, तालिम, हात–हतियार, भ्रमण र सैन्य अभ्यास हुँदै विस्तारै नेपाली सेनामा अमेरिकी प्रभाव बढ्दै र भारतीय प्रभाव कमजोर हुँदै गयो । २०४२ सालमा पञ्चहरूले खुला तथा उदारवादी अर्थनीति प्रारम्भ गरेपछि दाताहरूमार्पmत् अमेरिकी प्रभाव अर्थनीतिमा पनि पर्दै गयो । डिप स्टेट बलशाली बन्दै गयो । काँग्रेस र एमाले, माओवादी केन्द्रले आपूmहरू अमेरिका र भारतका अदृश्य राज्य (डिप स्टेट) को कारिन्दा मात्र रहेको यर्थाथ गत वर्षको जेन–जी विद्रोह र सेनाको भूमिकापछि मात्र बोध गरे ।
२०५८ मा राजा वीरेन्द्रसहित उनको वंश नै हत्या भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जनयुद्ध विरुद्ध सेना परिचालन गर्न खोजे । राजा र सिंहदरबारबीच सम्बन्ध चिसो थियो । दरबार र माओवादीबीच वार्ता भइरहेको चर्चा पनि थियो । देशभित्र राजा र माओवादी (पुरानो सेना र नयाँ सेना) बीच गठबन्धन हुने र त्यसप्रकारको राजनीतिक निकासलाई भारत–अमेरिका विरोधी विश्व शक्तिले समर्थन गर्न सक्ने कम्बोडियाली नमूना देखाप¥यो । त्यसप्रकारको सम्भावना देखेको सिआईए र अर्को योजनाका नेपाली सेनाको नेतृत्वलाई किनेर राजा वीरेन्द्रको वंशनास गरिएको जन–विश्वास गरिन्छ । आफ्नो नेतृत्व (परमाधिपति)को सुरक्षा गर्न नसक्ने सेतो हात्ती भन्ने बदनामी अझ बढेर गएको छ । राजाको सुरक्षाको जिम्मा नेपाली सेनाको होइन भन्ने सेनाका कतिपय नेतृत्वको अखबारी हल्लाले सेनाप्रतिको विश्वास झन ह्रास भएको छ ।
जनयुद्धमा रेन्जर बटालियनको गठन र नेतृत्व अमेरिकी सेनाको थियो भनिन्छ । कैलालि, चिसापानी व्यारेकमा तालिम प्राप्त कुकुरले युद्ध–बन्दी महिलाको योनिमा टोक्न लगाउने, भैरवनाथ गणको बर्बरता, मैना सुनारको हत्या, पोखरामा चुन्नु गुरुङको बलात्कारपछि वर्वरतापूर्ण हत्यामा सेनाको रेञ्जर बटालियन नै संलग्न भएको माओवादी पार्टीको निष्कर्ष र अमेरिकी व्यवहारको विश्वव्यापी नजिरबाट नेपाली सेनाको अनौपचारिक नेतृत्व (सारतत्व) अमेरिकी सेनाले गरेको बुझ्न सकिन्छ । व्यारेकको किल्लाबन्दी र एम–१६ लगायत हतियारको खुला आपूर्ति र अमेरिकी कूटनीतिज्ञका हर्कत थप प्रमाण छँदैछन् । यी सबै घटना र सन्दर्भबाट अमेरिकी अदृश्य राज्य (डिपस्टेट)को अङ्ग नेपाली सेना भइसकेको प्रष्ट हुन्छ ।
राजा वीरेन्द्रको हत्या गरेर ज्ञानेन्द्रलाई कथित राजा जुन शक्तिले बनायोस त्यही शक्तिले इशारा गरेपछि नै ज्ञानेन्द्रले आत्मसमर्पण गर्नुप¥यो । नेपाली सेनाको नेतृत्वलाई उसका विदेशी मालिकले ‘अब राजा नबोक’ भनिसकेका थिए ।, उनै मालिकले गगन थापाहरूलाई धाप मारिरहेका थिए । बयलगाडावाला हनुमान (झापाली) उखान गोजिमा हाल्न थालिसकेका थिए । माओवादीले २०५२ देखि नै सामन्तवादको जरा उखेले कै थियो ।
चीन, भारत र अमेरिकासँग सम–दुरीको सम्बन्ध (औपचारिक अर्थ मै भएपनि) राख्न चाहने, कम्युनिष्ट–काँग्रेस सहकार्य र एसपीपी पारित नगर्ने अडान लिएपछि नै अमेरिकाले पुराना राजनीतिक दलहरू फाल्ने निष्कर्षमा पुग्यो । पुराना पार्टी, त्यसका नेता र उनीहरूको विचारभन्दा कथित नयाँ शक्ति नयाँ पनि होइनन् । ती त ठग, गजडी र गुप्तचर संस्थाका सदस्य हुन् । स्वर्णीम र अम्रेशकुमार काँग्रेस नेता हुन् । रवि त पुरानै सरकारका गृहमन्त्री र फरार कैदी भइहाले । अराजनीतिक र आफ्ना गुप्तचरका सदस्यलाई शक्तिमा ल्याएपछि नै नेपालको सत्तालाई विघटनमा लैजान सजिलो हुन्छ भनेर ल्याएका बुख्याँचाहरू नयाँ हुँदैनन् ।
अमेरिकी निर्देशनमा सैनिक अड्डामा सरकार गठनको वार्ता चल्यो । राष्ट्रपतिलाई सेनाले राजीनामा दिन दबाब दियो । छिमेकीको समयमा नै भरोसा हुँदैनथ्यो भने राष्ट्रपति पनि सुपारिटार व्यारेक पु¥याइन्थे । छिमेकीको दबाब हुँदैनथ्यो भने बालेन साह (तेली) एकाएक फोन बन्द गरेर अन्तध्र्यान हुँदैनथे । सुकुम्बासी मार्न हतियार बोकेर जाने सेना सिंहदरबार र अदालतमा उभिएको मात्र भएपनि राष्ट्रिय धरोहर ढल्ने थिएन, जल्ने थिएन ।
लामो समय, योजनावद्ध तयारी र देशद्रोही हर्कतहरू सेनाबाटै किन भइरहेको छ रु के यी आरोप र आशंकाहरू मात्र हुन् त रु सुनसरी, देवानगञ्जमा त धार्मिक द्वन्द्वमा सेना नै सडकमा उतारियो । यी सबै हर्कतको पछाडि नेपालका पार्टी, नेता, कर्मचारीतन्त्र, अदालत, अर्थतन्त्र र सेनालाई विघटन गराउने, बदनाम गराउने र सारमा नेपालको सत्ता नै विघटन गराउने षड्यन्त्र छ । यसमा पुराना र नयाँ भन्ने सबै प्रयोग भइरहेका छन् ।
काँग्रेस र एमालेले नै सेना र प्रहरीलाई व्यापारमा लगाएका हुन् । गोर्खा फौजको रकम राणा प्रधानमन्त्रीले खान्थे । पिएलएको तलब माओवादी नेताले खाए भने शान्ति सेनाको रकम सैनिक नेतृत्वले कल्याणकारी कोष भन्दै खाइरहेको छ । ‘पिने के लिए कोही बहाना चाहिए’ हिन्दी उखान जस्तै भइरहेको छ । सुरक्षा निकायलाई व्यापारमा लगाउने होइन राज्यले यथेष्ट लगानी गरेर साधन सम्पन्न र आदर्शमय बनाउनु पर्दछ । व्यापार गर्न थालेपछि भ्रष्टाचार बढ्छस लोभीपापी प्रवृत्तिले नेतृत्व कब्जा गर्छ र सरकारप्रतिको भरोसा घट्छ । सुरक्षा निकायलाई विदेशी गुप्तचरले नीति निर्माताले थाहै नपाउने गरी आफ्नो योजनामा हिँडाइरहेका छन् । भाटभटेनी र सिजी समूहमाथिको आक्रमण नेपाली अर्थतन्त्रमाथिको नै आक्रमण हो र त्यो देखिइसकेको छ ।
भारतका परराष्ट्रमन्त्री जयशंकरको छोरा अमेरिकी नागरिक (PRHolder) छन् । सुरक्षा सल्लाहकार अजित डोबलका छोरा बेलायती नागरिक छन् । नेपालमा त्यसैको अनुकरण भइरहेको छ । चीनले सैनिक जवानका एकाघरका सदस्य (आमा–बुबा–श्रीमान–श्रीमति र छोराछोरी) लाई पनि विदेशी नागरिकता लिन बन्देज गरेको छ । टाढाका नातेदारले विदेशी नागरिकता लिएको भए निगरानी गर्दछ । नेपालमा मन्त्री मन्त्राणीका जोडी नै विदेशी छन् । टिओवी र बारबरा फाउण्डेशनका सदस्य नै मन्त्री छन् । सेना र मन्त्रीहरू आपैंm दोहोरो नागरिकताबाला छन् । सुरक्षा निकायको सुझाव, सूचना र राष्ट्रिय सुरक्षाबारे धारणा के हो ? पृथ्वीनाराण शाहको फोटो राख्ने नेपाली सेनालाई उनको आत्मा वा सारतत्व बेच्ने अमेरिकी रणनीतिमा फसाइदै त छैन ?
अमेरिकीहरू सरकारको अनुमति नलिइकन व्यारेक–व्यारेक चाहर्छन । जेन–जी विद्रोहमा प्रयोग भएका हतियार टिओवीलाई बाँड्ने सेना हो कि अमेरिकी दूतावास हो ? आज अमेरिकी नियन्त्रण कायम गर्ने र नेपाललाई युक्रेन बनाउने षड्यन्त्रको मुख्य हतियार नेपाली सेनालाई बनाउने अमेरिकी मक्सद भएको देखिन्छ । युवा, अधवैशे र प्रौढको संयोजन भएको पार्टी मूलतः नयाँ विचार आजको आवश्यकता हो । पुरानो विचार, सूचना विभ्रमको रोगी र विदेशी दलालले लगाउने ‘युवा, नयाँ र समृद्धि’ नारा शल्यक्रिया गर्दा अस्पतालमा प्रयोग हुने लठ्याउने औषधि (Anesthetic)मात्रै हो । सुरक्षा निकाय, सुरक्षा विज्ञ र देशभक्तहरूले नयाँ शिराबाट छलफल गर्न आवश्यक छ । –क्षेप्यास्त्र साताहिकवाट

