सडक दुर्घटनामा परेका वोगटीको निधन : नेकपाका प्रवक्ता प्रकाण्डद्वारा श्रद्धान्जली

२०७९ चैत्र २३ गते, बिहीबार


काठमाडौँ । गत सोमबार मध्यान्ह सुर्खेतबाट कालीकोटतिर गइरहेको बोलेरो जीप दैलेख जिल्ला आठबीसकोट गाउँपालिका वडा नं. १ डावमा दुर्घटना हुँदा गम्भीर घाइते भएका दुर्ग वोगटीको उपचारको क्रममा मगलबार निधन भएको छ। सडक दुर्घटना हुँदा गम्भीर घाइते भएका दुर्ग वोगटीको उपचारको क्रममा निधन भएपछि दुर्घटना गराउने बोलेरो जीपका धनिसंग वोगटीका परिवारले क्षतिपूर्ति दावी गरेका थिए । लामो छलफल पछि जिपका धनीले मृतकका परिवारलाई आठ लाख पचास हजार क्षतिपूर्ति दिने र उक्त दुर्घटनाका बालकलाई निशुल्क शिक्षा प्रदान गर्ने सहमति भएको बताइएको छ । सो सहमति पछि दुर्घटनामा परि निधन भएका बोगटीको बुधबार पशुपतिस्थित आर्यघाटमा बुधबार अपरान्ह अन्त्येष्टि गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले वोगटीको निधनप्रति पार्टीको तर्फवाट श्रद्धान्जली व्यक्त गर्दै उनको शवमा पार्टीको झण्डा ओढाएका थिए ।


स्मरणीय छ , गत सोमबार सुर्खेतबाट कालीकोटतिर गइरहेको बोलेरो जीप दैलेख जिल्ला आठबीसकोट गाउँपालिका वडा नं. १ डावमा दुर्घटना हुँदा कालीकोट जिल्ला नरहरीनाथ गाउँपालिका ७ वर्षीय भिष्म बोगटी, ८ बर्षीय प्रतिक्षा बटाला, ८ वर्षीय प्रशान्त बुढा र ३३ बर्षीय दुर्ग वोगटी गम्भीर घाइते भएका थिए भने अन्य ९ जना यात्रुहरु सामान्य घाइते भएका छन। उक्त दुर्घटनाको खबर सार्वजनिक हुना साथ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले बिशेष पहल लिएर घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार गराएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]