अखण्ड भारतको नक्साको बिरोधमा मसाल जुलुस

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनहरुले अखण्ड भारत भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्विनीलाई राखिएकोमा बिरोध जनाउदै मंगलबार साँझ काठमाडौमा मसाल जुलुस प्रर्दशन गरेका छ्न। मोर्चाका नेता -कार्यकर्ताले काठमाडौँको कमलादीदेखि शान्तिवाटिकासम्म मसाल जुलुस गरेका हुन। मसाल जूलूसको क्रममा प्रहरी हस्तक्षेप हुदा सामान्य झडप समेत भएको थियो ।
मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै युवा संगठनका अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य पाटनले भारतीय साम्राज्यवादले नेपालको स्रोत साधन माथी गिद्दे नजर लगाइरहेको ले सबै नौजवान युवा हरु एक भएर प्रतिकारमा उत्रनु पर्ने समय आएको बताए।
यसैगरी, उक्त कोणसभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सी ले भारतले नेपालको स्वाभिमानमाथी आंच आउने काम गरेको भन्दै भारतीय साम्राज्यवाद विरुद्ध युवा विद्यार्थी हरु एक भएर लड्ने बेला आएको बताए ।कथित अखण्ड भारतको नक्सा बाट नेपालको भूभाग नहटाए भारतीय साम्राज्यवाद विरुद्ध निर्णायक आन्दोलन गर्ने चेतावनी दिए।
उक्त कोण सभा कार्यक्रमको संचालन युवा संगठन नेपालका महासचिव तिलक ले गरेका थिए ।