प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दैनबसी स्थगित स्थगित भएको छ । संसद् गतिरोध अन्त्य गर्ने विषयमा एमालेसँग सहमति नजुटेसँग भदौ ५ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । संसद् गतिरोध अन्त्यका लागि आज प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए । उक्त छलफल पनि निष्कर्षविहीन बनेको थियो । यता प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय दलका शीर्ष नेताहरुसँग छलफल गरी संसद् गतिरोध अन्त्य गर्न चाहे पनि उक्त प्रयास समेत असफल भएको छ ।