‘जनताले संघीयता मान्य छैन भनेर देखाइसके’

२०८० आश्विन २१ गते, आईतवार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताले संघीयता मान्य छैन भनेर देखाइसकेको बताएका छन । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने कुरा महशुस गरिसकेको उल्लेख गर्दै नेपाली जनताले संघीयता मान्य छैन भनेर देखाइसकेको बताए ।
सांसद केसीले जनतालाई मान्य नहुँदापनि संघीयताको मुरली किन बजाइरहेको भन्दै मुख्यमन्त्रीहरुलाई भैसेपाटीमा दरबार बनाउनु नै संघीयता हो भनि प्रश्न गरे ।
अध्यक्ष केसीले संघीयताले गरी नखाएको टिप्पणी गर्दै प्रजातान्त्रिक विकेन्द्रीकरण गरेर स्थानीय तहलाई अधिकार दिनुपर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]