कथित पक्राउ पुर्जी जारी गर्ने न्यायाधीश ठिक अवस्थामा छ कि छैन ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य माइला सीले कथित पक्राउ पुर्जी जारी गर्ने न्यायाधीश ठिक अवस्थामा छ कि छैन ? भनेर प्रश्न गरेका छन् । नेकपाको काठमाडौं ३ नं. जिल्ला भिम ढुङ्गामा भएको जनसम्बन्ध विस्तार अभियान कार्यक्रमलाई सम्बोधन गर्दै सो प्रश्न गरेका हुन्। उनले पार्टीले चालेको साम्राज्यवादका विरुद्धको संघर्षले आतंकित भएर के गर्ने के गर्ने भएर पक्राउ पुर्जी जारी गरेको र देशलाई अशान्ति र युद्धमा धकेल्न खोजेको बताए । नेकपाले पक्राउ पुर्जी खारेज गरिसकेको र यसको कुनै अर्थ छैन यदि निउ खोज्न आए काउन्टर गर्ने बताउदै नेता माइला सीले फाल्गुन २१ गते केपी ओली प्रधानमन्त्री हुँदा सरकार र नेकपा बिच सहमति भएको प्रष्ट भएको र सरकारले फिर्ता लिनुपर्ने दाबी गरे । जनताको सुखदुःखमा पार्टी सधैं साथमा रहेको उनले प्रष्ट पारे ।
कार्यक्रमको सभाअध्यक्ष रकम सी, प्रमुख अतिथि माइला सी, अतिथी डि आर सीको उपस्थितिमा भएको कार्यक्रममा प्रज्ञा सीको नेतृत्वमा नौ सदस्यीय नगर महिला समिति गठन भएको छ ।