चितवनमा बर्डफ्लु

२०७९ बैशाख २४ गते, शनिबार

काठमाडौं । चितवनको खैरहनीस्थित एउटै फार्ममा रहेका एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्ममा एकैपटक यति धेरै कुखुरामा बर्डफ्लु पुष्टि भएको हो । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो । फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो । परीक्षणमा बर्डफ्लु देखिएसँगै कुखुरा, अण्डा, दाना, क्रेट, कार्टुनलगायतका सामग्री नष्ट गर्न थालिएको छ ।
सबै नष्ट गर्न केही दिन लाग्ने बताइएको छ । फार्मका सञ्चालक सुमा अर्यालका अनुसार बर्डफ्लुका कारण प्रत्यक्ष, प्रत्यक्षरूपमा २५ करोड हाराहारी नोक्सान हुने देखिएको छ । जिल्लामा यसबाहेक ३१ वटा पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । बर्डफ्लु देखिएका फार्ममा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरले जनाएको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि फैलिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार