बस दुर्घटना : ९ जनाको मृत्यु, २४ घाइते

२०७९ जेष्ठ २२ गते, आईतवार


काठमाडौँ । आज बिहान पौने ५ बजेतिर रुपन्देहीको रोहीणी गाउँपालिका ३ मा रहेको रोहीणी पुलबाट लु २ ख ३८४१ नम्बरको बस नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अहिले पनि उद्धार कार्य भइरहेको छ । अहिलेसम्म ३३ जनालाई भीम अस्पताल भैरहवा र मेडिकल कलेज भैरहवा लगिएको छ ।
घाइते अधिकांश अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । बस पुलबाट नदीमा खसेको हो । प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार