सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन

२०७९ मंसिर १८ गते, आईतवार

काठमाडौँ। सहरी विकास मन्त्रालयले नदी किरानामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको छ। मन्त्रालयले आइतबार नदी किनारामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा काठमाडौं उपत्यका विकास प्राधिकरणका सीडीई जगदीश लामिछाने, काठमाडौं महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र मन्त्रालयका उपसचिव जीवनराज सेढाईं सदस्य रहेको समिति गठन गरेको हो। सहरी विकास मन्त्री मेटमणि चौधरीले आइतबार सरोकारवाला प्रतिनिधिसँगको छलफलपछि समिति गठन गरेका हुन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज सिथि नखः

२०८२ जेष्ठ १९ गते, आईतवार

पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

धरान–धनकुटा सडक अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार