नेकपा काठमाडौ जिल्ला न ३ले अभियान सञ्चालन गर्ने

२०७९ फाल्गुन १० गते, बुधबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौ अन्तर्गत जिल्ला न३ ले पार्टी केन्द्रिय समितिको आवधिक योजना अनुसार जिल्लामा ६ महिने अभियान सञ्चालन गर्ने जनाएको छ। मङ्गलबार काठमाडौमा भएको पार्टी सदस्यहरुको प्रशिक्षण कार्यक्रम मार्फत पार्टीलाई जन आधारित बनाउन, संगठन बिस्तार गर्न र आर्थिक उत्पादन सङ्ग सम्बन्धित कामहरू गर्न अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो।
नेकपा काठमाडौ जिल्ला न ३ का सेक्रेटरी दिव्य सी को अध्यक्षतामा भएको पार्टी सदस्यहरुको प्रशिक्षण कार्यक्रमलाई नेकपा पोलिटब्युरो सदस्य एबम उपत्यका ब्युरो इन्चार्ज कृति सीले प्रमुख अतिथिको रुपमा प्रशिक्षण मन्तव्य राखेका थिए भने केन्द्रिय सदस्य एबम जिल्ला इन्चार्ज भृकुटीले प्रशिक्षण मन्तव्य राख्दै जिल्लाले गर्नुपर्ने कामबारे दिशानिर्देश गरेकि थिइन। जिल्ला समिति सदस्य सिदार्थले सञ्चालन गरेको कार्यक्रममा परिक्षाले मन्तव्यद्वारा स्वागत गरेकि थिइन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज सिथि नखः

२०८२ जेष्ठ १९ गते, आईतवार

पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

धरान–धनकुटा सडक अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार