जुडशीतल पर्व मनाइँदै

२०८० बैशाख २ गते, शनिबार

काठमाडौ । आज नयाँ वर्षको दोस्रो दिन मिथिला क्षेत्रमा जुडशितल पर्व मनाइँदै छ। आज परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिएर जुडशीतल पर्व मनाइँदै छ। यो पर्वमा जेष्ठजनले शीतल जल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशीर्वाद दिने प्रचलन छ। ‘सतुवाइन’ मा जौँ र चनाको सातु तथा सर्वत खाने र खुवाइने परम्परा छ। आज वर्षभरि सहकालको कामना गर्दै जिउमा हिलो छ्‌यापेर नुहाउने गरिन्छ। घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन्।
नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति छ। गर्मी मौसमको चनाको सातु, दाल, मुन्गाको तरकारी, चनाको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी)पकाएर खाने परम्परा छ। यी सबै शाकाहारी र सुपाच्य भोजन मानिन्छन्। दही र मोहीको प्रचुर प्रयोगले गर्मीमा सजिलै खानेकुरा पचाउने जनविश्वास रहेको छ। जुडशितल पर्वमा आफ्ना खेतबारीका रूखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ। जुडशितलका अवसरमा घरमूली आफ्नो बगैँचामा डुल्न निस्कन्छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज लक्ष्मी पूजा

२०८२ कार्तिक ४ गते, सोमबार

कबीर बाबा मन्दिरका पुजारीको हत्या

२०८२ कार्तिक ३ गते, आईतवार

आज काग तिहार

२०८२ कार्तिक ३ गते, आईतवार