३० वर्षमा ७२ लाख १४ हजारभन्दा बढी युवाले लिए श्रम स्वीकृति

२०८० पुष २ गते, सोमबार


काठमाडौँ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार नेपालबाट आर्थिक वर्ष २०५०/५१ देखि २०७९/८० सम्म करिब ७२ लाख १४ हजारभन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेश गएका छन् । जसमा करिब चार लाख महिला रहेका छन् । हरेक वर्ष औसतमा पाँच लाखको हाराहारीमा विदेशिने नेपाली युवा स्वदेश फर्किएको तथ्यांक भने सरकारले राखेको छैन । पछिल्ला दुई आवमा भने विदेश जानेको सङ्ख्या क्रमशः छ लाख ३० हजार र सात लाख ७१ हजार छ । नेपालबाट रोजगारीको खोजीमा सबैभन्दा ठुलो सङ्ख्यामा मलेसियालगायत खाडी मुलुकमा युवा जाने गरेका छन् । ।
विश्व बैङ्कको अक्टोबर २०२३ को प्रतिवेदन अनुसार वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान नेपालमा कुुल गार्हस्थ उत्पादन (जिडिपी) मा विप्रेषणको हिस्सा २२.७ प्रतिशत रहनुले वैदेशिक रोजगारको महत्त्ववलाई उजागर गरेको भए पनि यस क्षेत्रलाई सुरक्षित बनाउन सकिएको छैन । यसरी वैदेशिक रोजगारीबाट पाइरहेको तथ्यलाई मान्दा र प्रतिघरधुरी औसत परिवार सङ्ख्या ४.८८ को आधारमा नेपालमा हाल ३० लाख ३९ हजार घरधुरीका एक करोड ४८ लाखभन्दा बढी मानिस अहिले पनि वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा आश्रित रहेका छन् । -गोरखपत्र दैनिक

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गुडिरहेको यात्रुवाहक बसमा आगलागी !

२०८२ कार्तिक ६ गते, बुधबार

आज म्ह: पूजा

२०८२ कार्तिक ६ गते, बुधबार

विपिनको शवयात्रा सुरु

२०८२ कार्तिक ५ गते, मंगलवार

जुवा खेल्ने प्रहरीको फन्दामा

२०८२ कार्तिक ५ गते, मंगलवार