आज विश्वकर्मा पूजा

२०८३ आश्विन १ गते, बिहीबार


काठमाडौँ । आज आश्विन सङ्क्रान्ति अर्थात् विश्वकर्मा पूजा । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विशेषगरी उद्योग, कलकारखाना, मेसिनरी, औजार तथा सवारीसाधनको पूजा गर्ने परम्परा रहेको छ। भगवान विश्वकर्मालाई निर्माण तथा शिल्पकलाका देवताका रूपमा पूजा गर्ने गरिन्छ।
यस अवसरमा विभिन्न उद्योग तथा व्यवसायमा प्रयोग हुने मेसिन, उपकरण, औजार र सवारीसाधन सफा गरी पूजा गर्ने चलन छ। भक्तजनहरूले भद्रकालीलगायत विभिन्न विश्वकर्मा मन्दिर तथा धार्मिक स्थलमा पुगेर पूजा–आराधना गरिरहेका छन्।
विश्वकर्मा पूजालाई श्रम, सीप, प्रविधि र निर्माणसँग जोडिएको पर्वका रूपमा समेत लिइन्छ। नेपालका विभिन्न स्थानमा आज विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी विश्वकर्मा पूजा मनाइँदैछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

देशका मुख्य राजमार्ग प्रभावित

२०८३ आश्विन २ गते, शुक्रबार

आकस्मिक बाढीको जोखिम कायमै

२०८३ भाद्र ३१ गते, बुधबार