सुर्खेत –काठमाडौं समाजवादी मञ्चको अध्यक्षमा डाङ्गी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट सुर्खेत –काठमाडौं समाजवादी मञ्चको पहिलो भेलाले जङ्गबहादुर डाङ्गीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । आइतबार काठमाडौंमा भएको उक्त भेलाले सचिवमा टेक बहादुर पाण्डे र सदस्यहरुमा धिरेन शाही,चक्र सलामी, सन्देश शाही,कुलदीप जंग शाही,अमर बहादुर बुढा ,चन्द्र बहादुर बि.कलगायतलाई चयन गरेको छ भने खगेन्द्र विश्वकर्मालाई सल्लाहकार चयन गरेको छ ।
जीत सीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा नेकपा स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज सुशील सीको प्रमुख आतिथ्यतारहेको थियो भने विशेष अतिथिको रुपमा नेकपाका पोलिटब्युरो सदस्य खुमा सी, नेकपा केन्द्रिय सदस्य एवं श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल सी र अतिथिहरु नेकपा केन्द्रीय सदस्य आरोही सी, अन्य पदाधिकारीहरु तथा कलाकार खगेन्द्र बिश्वकर्माको विशेष उपस्थिति रहेको थियो ।
उक्त भेलाको संचालन अखिल समाजवादीका सचिवालय सदस्य तुलराज सीले गरेका थिए भने स्वागत कलाकार खगेन्द्र विश्वकर्माले गीतमार्फत गरेका थिए । उक्त कार्यक्रममा इन्द्रेणीका कलाकार खगेन्द्र बिश्वकर्माको साँगीतिक प्रस्तुतिसमेत रहेको थियो ।