साफ यु–२० च्याम्पियनसिप : आइतबार नेपाल र भुटानबीच सेमिफाइनल

२०८१ भाद्र ८ गते, शनिबार


काठमाडौँ । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आइतबार दिउँसो ३ बजे नेपाल र भुटानबीच सेमिफाइनल खेल हुँदैछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । नेपाल समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । समूह ‘बी’ को अन्तिम खेलमा हिजो भारतले माल्दिभ्सलाई पराजित गरेसँगै नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको हो । समूह ‘ए’ मा नेपाल विजेता र बंगलादेश उपविजेता तथा समूह ‘बी’ मा भारत विजेता र भुटान उपविजेता बनेका हुन् । दोस्रो सेमिफाइनलमा सोमवार भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]