‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल’ चैत ३० गतेदेखि

२०८१ चैत्र २४ गते, आईतवार

काठमाडौँ । ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल’ चैत ३० गतेदेखि हुने भएको छ। काभ्रेपलाञ्चोक बास्केटबल सङ्घले यही चैत ३० गतेदेखि दोस्रो संस्करण ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको हो । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगितामा मुलुकभरका उत्कृष्ट खेलाडी एउटै कोर्टमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ४० पुरुष र १५ महिलाको समूहबीच प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगिताको आवश्यक तयारी, व्यवस्थापन तथा प्रचारप्रसार र टिम दर्ता भइरहेको सङ्घका अध्यक्ष शिव थापामगरले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले शिल्ड, प्रमाणपत्रसहित नगद रु ४० हजार पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता टिमले रु २० हजारसहित आकर्षक उपहार भौचर प्राप्त गर्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु