इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ स्थगित

काठमाडौँ । भारत र पाकिस्तानको बढ्दो तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ स्थगित गरिएको छ । छिमेकी राष्ट्रसँगको बढ्दो तनावका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएलको शुक्रबारदेखिका सम्पूर्ण खेलहरू अनिश्चित समयका निम्ति स्थगित गरिएको जनाएको छ ।
यसअघि, गएराति पनि पञ्जाव किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल यही तनावका कारण बीचमै रोकिएको थियो । आईपीएलमा हालसम्म जम्मा ७४ खेलमध्ये ५८ खेल सम्पन्न भएका छन् ।