हात्ती तथा पर्यटन महोत्सव पुष ११ देखि

२०८१ मंसिर १२ गते, बुधबार


काठमाडौँ । क्षेत्रीय होटल संघ नेपाल चितवनले आगामी पुष ११ देखि १५ गतेसम्म १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ आयोजना गर्ने जनाएको छ । मंगलबार पत्रकार सम्मेन गरेर संघले क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालको सह–आयोजनामा आगामी आगामी पुष ११ देखि १५ गतेसम्म महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।
आयोजकले सौराहासहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामू परिचित गराउन थप योगदान पुर्‍याउने उद्देश्यले महोत्सवको आयोजना गरेको जनाएको छ । महोत्सवका कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकको आगमनमा वृद्धि हुने गरेको पनि आयोजकले जानकारी दिएको छ ।
पर्यटन सम्बन्धित गतिविधि र स्थानीय उत्पादनलाई बजारीकरण गर्दै राष्ट्रिय स्तरसम्म पहिचान गराउन सक्नु पनि महोत्वसको विशेषता रहेको बताइएको छ । आयोजकका अनुसार महोत्सवमा विभिन्न निजी स्तरमा सञ्चालित र सरकारी स्वामित्वमा रहेका गरी ८० वटा हात्ती सहभागी हुने छन् ।

प्रतिक्रियाहरु

[anycomment]