गढीमाईको विशेष पूजा हुँदै

२०८१ मंसिर २३ गते, आईतवार


काठमाडौँ । आज महागढीमाईको विशेष पूजा हुँदैछ । हरेक पाँच वर्षको अन्तरालमा बाराको गढिमाई नगरपालिका स्थित बरियारपुरमा पञ्च वर्षीय मेला लाग्दै आएको छ । मेलामा आज बाट ठुलो संख्यामा बली दिने प्रचलन छ । मन्दिरका मूल तान्त्रिक दुख धामीले आफ्नो शरीरको ५ स्थान बाट रगत निकालेर चढाए पछि गढीमाई मन्दिरमा बलि शुुरु हुने गर्दछ ।
बाराको गढीमाई मन्दिर नेपालको मात्रै नभई भारत सहित हिन्दु धर्म मान्नेहरूको लागि ठूलो शक्तिपीठको रुपमा रहेको छ । यहाँ आएर सही हृदय एवं शान्त मनले मागिएको भाकल एवं मनोकामना पुरा हुने भएको हुँदा गढीमाई प्रति आस्था र विश्वास बढ्दै गएको र बलि दिनेहरूको संख्या उल्लेख्य संख्यामा वृद्धि भएको छ । यहाँको विशेष गरी राँगाको बलि दिइन्छ ।
गढीमाई मन्दिरमा मुसा, परेवा, बोका, राँगा र खरायो गरी पाँच पशु एवं पंक्षिलाई पञ्चबलि चढाएपछि सर्वसाधारणले भाकल अनुसार बलि चढाउने गर्छन् । गढीमाईको विशेष पूजा आज देखि २५ गते सम्म हुने र मंसिर ३० गते आइतबारका दिन सम्पन्न हुने अर्थात विसर्जन हुने मेला व्यवस्थापन समितिले जनाएको छ ।
विशेष पूजाको अवसरमा मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ३० गते सम्म सञ्चालन हुने मेलामा करोडौँ भक्तजन तथा दर्शनार्थीहरु दर्शन गर्न तथा मेला भर्नहरुको घुइँचो लाग्ने अपेक्षा छ ।
गढीमाई मेलामा नेपाल बाहेक भारत बाट ठूलो संख्यामा माता गढीमाई प्रति आस्था राख्ने श्रद्धालु भक्तजनहरु आउने गर्दछन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु