प्राचीन भूखण्डको अवशेष फेला पर्योप्राचीन भूखण्डको अवशेष फेला पर्यो

२०६९ फाल्गुन २० गते, आईतवार

काठमाडौ । वैज्ञानिकहरुले आधुनिक संसार निर्माण प्रक्रिया सुरु हुने बेलाको प्राचीन भूखण्डको अवशेष फेला परेको दाबी गरेका छन् । हिन्द महासागरमा फेला परेको सो प्राचीन भूखण्ड २ हजारदेखि ८ करोड ५० लाख वर्ष पुरानो हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ । हिन्द महासागरको मौरिसियाको किनारमा भटिएको हुनाले वैज्ञानिकहरुले सो भूखण्डलाई मैरिसिया नाम दिएका छन् । उनीहरुले त्यहाा भेटिएको बालुवाको कणको लामो अध्ययनपछि प्राचीन भूखण्डको अवशेष फेला परेको पत्ता लगाएका हुन् । सो बालुवा करिब ९ लाख वर्ष पहिलेको ज्वालामुखी विस्फोटबाट निस्किएको र त्यसमा निकै पुराना खनिज पदार्थ भेटिएको वैज्ञानिकहरुले बताएका छन् । सो भूखण्ड आधुनिक संसार निर्माण प्रक्रिया सुरु हुने बेला टुक्रिएर समुद्रभित्र हराएको वैज्ञानिकहरुको भनाइ छ । करिब ७५ करोड वर्ष पहिलेसम्म एउटै द्विपमा रहेको ब्रम्हान्ड पछि टुक्रादै गएर समुद्रहरुले छुट्याएको वैज्ञानिकहरुको विश्वास छ । यसैबीच, पेरुको राजधानी लिमा नजिकै १४ सय वर्ष पुरानो मानव कंकल भेटिएको छ । पेरुको खेलकुद केन्द्र मानिने ‘नेसनल स्पोर्ट भिलेज’मा पुरातत्वविद्हरुले अनुसन्धानको क्रममा उक्त चिहान फेला पारेका हुन् । चिहान ल्याटिन अमेरिकी वा स्पेनिसको भएको अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । पूर्णसंरक्षित अवस्थामा ११ वटा मानव कंकल चिहानसहित भेटिएको हो । प्रमुख अनुसन्धानकर्ता फेनौन्डो हेरिरियाले ६ वटा कंकाल सन् २०० देखि ७०० सम्मबीच भएको दाबी गरेका छन् । चिहानमा त्यस बेला विकास भएको सभ्यताको अवशेष समेत पाइएको हेरिरियाको भनाइ छ । अन्य ८ वटा कंकल सन् १००० देखि १४०० बीचमा विकास भएको यसमा सत्याताको अवधिमा गाडिएको पत्ता लागेको छ । कंकल कपाडले छोपिएको पाइएको छ । त्यस्तै चिहानमा फलफूल, बोटविरुवाको पात तथा कृषि औजारसमेत फेला परेको छ । चिहान खेल मैदानभन्दा केही मिटर मात्र टाढा रहेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]