चिनिया सेनाको वेभसाइटमा अमेरिकी आक्रमणचिनिया सेनाको वेभसाइटमा अमेरिकी आक्रमण
काठमाडौ । चिनिया प्रतिरक्षा मन्त्रालयसहित सेनाका दुई वेबसाइटमा अमेरिकामा बसोबास गरिरहेका हृयाकहरुले आक्रमण गरेको र गत वर्ष यस्तो आक्रमण प्रतिमहिना एक लाख ४४ हजार पटक भएको जानकारी मन्त्रालयले बिहीबार दिएको छ । चीनले यस प्रकारले आरोप लगाएको यो पहिलोपटक हो र अमेरिकी इन्टरनेट सुरक्षा कम्पनीले गत साता चिनिया सैनिक एकाइले अमेरिकी संस्थाहरुमा शृंखलाबद्ध आक्रमण गरेको आरोप लगाएका थिए । यसले यी दुई शक्तिबीच यस विषयमा शब्दयुद्ध आरम्भभएको छ । चिनिया प्रतिरक्षा मन्त्रालयको वेबसाइट तथा चाइना मिलिटरी अनलाइन हृयाक भएको जानकारी मन्त्रालयका प्रवक्ता गेङ यानसेङले आˆनो वेबसाइटमा दिएका हुन । चाइना मिलिटरी अनलाइन त्यहााको जनमुक्ति सेनाको समाचार वेबसाइट हो । उनले ६२ प्रतिशत यस्ता आक्रमण अमेरिकाबाट भएको तथा हालका वर्षमा सेनाका वेबसाइटमा आक्रमणको दर बढिरहेको उल्लेख गरेका छन् । इन्टरनेटमा सुरक्षासम्बन्धी अमेरिकी संस्था क्यानडियान्टले चिनियाा जनमुक्ति सेनाको एक एकाइले अमेरिकामा रहेका १४१ संस्थाका सयौ टेराबाइट तथ्याङ्क चोरेको आरोप लगाएको थियो । चीनको प्रतिरक्षा मन्त्रालयले उक्त आरोप आधारहीन भएको दाबी गरेको थियो । अमेरिकी आमसञ्चारमा अमेरिकाले आफूमाथि आक्रमण हुनसक्ने सङ्केत देखिएमा पूर्वक्रमण गर्नसक्ने जानकारी आएकाले यस विषयमा स्पष्ट पार्नगेङले अमेरिकी अधिकारीहरुलाई आग्रह गरेका छन् । उहााले नेटवर्कको सुरक्षा विस्तार गर्ने अन्तर्राष्ट्रिय समुदायको संयुक्त प्रयासमा यस्ता कार्य सकारात्मक नहुने उल्लेख गरेका छन् । – एजेन्सी