युक्रेनी सेनाको आक्रमणवाट ६३ रुसी सेनाको मृत्यु !

२०७९ पुष १९ गते, मंगलवार


काठमाडौं । युक्रेनको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ६३ रूसी सैनिकको मृत्यु भएको भएको छ । पूर्वी युक्रेनमा अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरी युक्रेनी सेनाले एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको हो । मस्कोको नियन्त्रणमा रहेको डोनेट्स्कको पूर्वी क्षेत्रको माकिभका शहरमा युक्रेनको सेनाले चार वटा क्षेप्यास्त्रले आक्रमण गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
रुसको रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भन्नेबारे केही बताएको छैन तर युक्रेनी सेनाले नयाँ वर्षको शुरूमा आक्रमण गरेको अनुमान गरिएको छ । रूसका पूर्व पृथकतावादी नेता इगोर स्ट्रेलकोभले जनवरी एकको राति एक बजेतिर आक्रमणबारे आफूले रिपोर्ट प्राप्त गरेको बताएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]