सुडानमा सत्ता संघर्ष: देश छोड्ने नागरिककाे लर्को

२०८० बैशाख १८ गते, सोमबार


काठमाडौँ । सुडानी सेनाले अर्धसैनिक बल ‘प्यापिड सपोर्ट फोर्सेस’ आर.एस.एफ.लाई हटाउन राजधानी खार्तुम लगायतका अन्य शहरहरुमा आक्रमण तीब्र पारेसंगै देश छोड्ने नागरिकाे लर्को लागेको छ । दुई समूहबीचको युद्धमा हालसम्म ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ । सयौं नागरिकहरू घाइते भएका छन् । यता सुडानबाट पश्चिमा, अरब र एशियाली राष्ट्रहरुले आफ्नाे देशका नागरिकहरुको उद्धार जारी नै राख्दा हजारौंको संख्यामा त्यहाँका नागरिकहरू भने देश छाड्ने क्रममा रहेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]