टर्कीद्वारा इजरायलसँग व्यापारिक सम्बन्ध बिच्छेद

२०८१ बैशाख २१ गते, शुक्रबार

काठमाडौँ । टर्कीले इजरायलसँग व्यापारिक सम्बन्ध बिच्छेद गरेको छ । टर्कीले गाजामा इजरायलका कारण मानवीय संकट गहिरिँदै गएको भन्दै सम्पूर्ण व्यापारिक सम्बन्ध तोडेको हो। टर्कीको व्यापार मन्त्रालयले गाजामा विना अवरोध पर्याप्त मद्दत सुनिश्चित नभएसम्मका लागि यो निर्णय लागू हुने स्पष्ट पारेको छ। गत वर्ष इजरायल र टर्कीबीच ७ अर्ब डलरको व्यापार भएको थियो।
टर्कीले सबै प्रकारका उत्पादनको व्यापार स्थगित गरिएको र यो नियम कडाइका साथ लागू हुने जनाएको छ। टर्कीको यो निर्णयपछि इजरायलले टर्कीका राष्ट्रपति रिसेप तायिप एदोर्गानले तानाशाहजस्तो व्यवहार गरेको आरोप लगाएको छ। सन् १९४९ मा टर्की इजरायललाई मान्यता दिने पहिलो मुस्लिम बहुसंख्यक देश बनेको थियो। तर पछिल्ला वर्षमा यी दुई देशबीचको सम्बन्ध बिग्रिँदै गएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]