‘मिसन ८४ होइन मिसन समाजवादको एजेण्डा लिएर जनतामा जाउँ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले नेपालका कम्युनिस्टहरुले अब मिसन ८४ को एजेण्डा छोडेर समाजवादको एजेण्डा लिएर जनतामा जानुपर्ने बताएका छन्। बुधबार नेकपा भक्तपुर जिल्ला समितिद्वारा लोकन्थलीमा आयोजित “वर्तमान राजनीतिक संकट र यसको समाधान” विषेयक अन्तरक्रियामा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै नेता सुशिल सीले सो कुरा बताएका हुन्।
नेता सुशिल सीले मिसन ८४ पस्चागामिहरुको साझा एजेण्डा भएकाले समाजवादका अनुयायी कम्युनिस्टहरुले चुनावदेखि चुनावसम्म मात्र नसोचेर आम सर्वहारा उत्पिडितहरुलाई मुक्ति दिने समाजवादको एजेण्डा लिएर जनतामा जानुपर्ने बताउदै भने- “अब एउटा निर्वाचनबाट अर्को निर्वाचनसम्म मात्र जनतालाई गुलिया नारा, झुटा आश्वासन दिएर कम्युनिस्ट नामको दोकान खोल्न छोडेर देश र जनतालाई दीर्घकालिन निकास दिने सर्वस्वीकार्य व्यवस्था नेपाली विशेसताको समाजवादमा जानुपर्छ, त्यसका निम्ति सबैभन्दा पहिले बिगतका तिक्तता बिर्सिएर सम्पूर्ण माओवादी घटकहरु एक ठाउँमा उभिनु पर्छ। त्यसपछि बिस्तारै अन्य बिचार मिल्ने एजेण्डा मिल्ने कम्युनिस्तहरुलाई एकतावद्ध गर्दै, यो देशलाई माया गर्ने राष्ट्रवादी शक्ति क्रान्तिकारी देशभक्त लोकतन्त्रवादी शक्तिहरुलाई एकैठाउँ ल्याएर अगाडी बढ्नुपर्छ, अहिलेको परिस्थितीमा सम्पूर्ण कम्युनिस्ट वामपन्थीहरुलाई एकैठाउँ ल्याउन सक्ने ल्याकत नेकपामा मात्रै भएकाले त्यसैको पहिलो पहलको सफल अवधारणा समाजवादी मोर्चाको अवधारणा हो।’
नेता सुशिल सीले समाजवादी मोर्चाबाट कसैलाई पनि आतंकित र संक्रिण नहुन आग्रह गर्दै समाजवादी मोर्चा संसदीय व्यवस्थाको रक्षा गर्न त्यसैलाई निरन्तरता दिन नभई संसदीय अभ्यासमा लिप्त सबैलाई समाजवादी कार्यक्रममा ल्याउले पहलको रुपमा अघि सारिएको प्रष्ट पारे।
उनले नेकपाका महासचिव विप्लव सी नेपाली विशेसताको समाजवादको इञ्जिन्यार भएको बताउँदै उहाँको यहि अग्रगामी एजेण्डाका कारण नेकपा आम नेपाली युवाहरुको आशाका केन्द्र बन्दै गएको ठोकुवा समेत गरे। उनले भने- ‘नेपाली जनताको अहिलेको प्रधान अन्तरविरोध भनेको दलाल पुँजीवाद र भूमण्डलीकृत साम्रज्यवाद हो यसैका कारण नेपालामा ठुलो भुमरी आउनेवाला छ, त्यसको सामना सबै मिलेर गर्नुपर्ने छ, नेपालमा साम्राज्यवाद अहिले एमसीको माध्यमबाट मात्र भर्खरै देखा परेको होइन यो खम्पा बिद्रोह र त्यस अघिका उदाहरण पनि हेर्नु पर्छ, तर अहिले त्यो भन्दा फरक तरिकाले आएको छ, अहिले नेपालको आन्तरिक मामिलामा सिधा हस्तक्षप गर्न सुरु गरेको छ, अमेरिकी साम्राज्यवादले छिमेकी शक्ति राष्ट्रलाई साइजमा राख्ने नाममा नेपालमा सैन्य क्याम्प राखेर रणभुमी बनाउने र यहाका सम्पूर्ण प्राकृतिक श्रोत साधन कब्जा गर्ने दाउमा साम्राज्यवाद छ, दलाल संसदीय व्यवस्था, भूमण्डलीकृत साम्राज्यवाद, दलाल पुँजीवादलाइ परास्त गर्दै नेपाली विशेसताको समाजवादले मात्र नेपालमा देखिएको वर्तमान संकटको समाधान गर्छ अन्यथा देशै रहन्छ रहदैन भन्ने खतरा । ‘
नेता सुशिल सीले अहिले नयाँ शक्तिको रुपमा उदाएका पार्टीहरु प्रतिलक्षित गर्दै वैकल्पिक शक्ति भनेर आएका शक्तिहरु अन्तत: पतन हुने निश्चित भएको र नयाँ शक्ति भनेर गएका बाबुराम, लगाएत अन्य पार्टीहरु सबै पतन भएको उदाहरण दिँदै रबि लामिछानेले नेतृत्व गरेको पार्टी पनि बिस्तारै पतनकै दिशामा गएर सकिने र यो देशलाई निकाश कम्युनिस्टहरुले नै दिने दाबी गरे।
उक्त अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै बुद्धिजीवी दिनेश मैनालीले अहिले देखिएको युवा पलायन परनिर्भरता युवाहरुमा छाएको नैरास्यता यही वर्तमान व्यवस्थाको उपज भएको बताउँदै यसको विकल्प जनतालाई दिनुपर्नेमा जोड दिए । उनले भने- ‘वर्तमान राजनीतिक संकटको जिम्मेवार अव्यवस्थित शासन प्रणाली, गैर जिम्मेवार राजनीतिक दल र दलाल पुँजीवाद हो। संगै अव्यवस्थित अवैज्ञानिक सिक्षा प्रणाली हो यसलाई अहिलेकै अवस्थाबाट हाल गर्न सकिदैन समाजवादमा मात्र यो सम्भव छ।’

त्यस्तै प्याप्सनका बागमती प्रदेश उपाध्यक्ष सानुराजा कार्कीले दलाल पुँजीवादका कारणले नेपालमा वर्तमान संकट देखापरेको बताए। उनले भने- ‘नेपालमा बर्माबाट आएका मादेहरुको व देशको समग्र अर्थतन्त्र टिकेका कारण नेपालमा संकट देखापर्यो पुँजी पालायन बढ्यो अहिले सबै क्षेत्रमा दलाल पुँजीवादको दवदवा बढिरहेको छनेपालका यसको अन्त्य जरुरी छ।’
त्यसैगरी, उक्त अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला संयोजक रोजनले वर्तमान दलाल संसदीय पुँजीवादी व्यवस्थाका कारण राजनीतिक अस्थिरता बढाएको र देशमा संकट देखा परेको बताए। उनले भने- ‘अहिलेको राजनीतिक संकटको समाधान यहि व्यवस्थाको गोलचक्करले हुँदैन यसको विकल्प समाजवाद हो त्यसका,निम्ति क्रान्तिकारी शक्तिहरु छिन्नभिन्न भएर होइन सम्पूर्ण माओवादी घटकहरु एकठाउँमा उभिदै समाजवादको साझा संकल्प बोकेर सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट देशभक्तहरुसंग एकाकार हुनु आजको आवस्यकता हो।’
यसैगरी, नेकपा माओवादी केन्द्रका भक्तपुर जिल्ला इन्चार्ज शुनिल बाबू गोथेले कम्युनिस्टहरु साम्राज्यवाद र उत्पीडित राष्ट्रको अन्तर बिरोध नै सबै कम्युनिस्ट हरुको साझा अन्तरविरोध हो भन्ने बुझ्दा पुझ्दै पनि भन्ने विभिन्न बाहानामा आफ्नो रोटो सेकिरहेको बताए। उनले भने- ‘अहिलेको संकट कम्युनिस्ट हरुको फुटले पैदा गरेको झैँ लाग्छ त्यसका लागी सबै कम्युनिस्टहरु एकै ठाउँमा आएर देश भक्त र सम्पूर्ण उत्पीडित वर्गलाई साथमा लिएर समाजवादको यात्रा तय गर्न सके यो यो संकटको समाधान निकट भविष्यमै हुन्छ।’
उनले अहिले नेपालमा साम्राज्यवादी हस्तक्षेप बढेको भन्दै त्यसको प्रतिरोध कम्युनिस्टहरु फुटेर होइन जुटेर बृहत मोर्चा बनाएर गर्नुपर्ने बताए।
अन्त्यमा अन्तरक्रिया कार्यक्रमका अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य अखिल सीले कार्यक्रमको समापन गर्दै अहिलेको समाजवादी मोर्चा संसदीय व्यवस्थालाई रक्षा गर्न होइन संसदीय व्यवस्थामा रमाइरहेका कम्युनिस्टहरुलाई त्यहाबाट निकालेर समाजवादी यात्रामा लैजान बडो सुझबुझका साथ महासचिव विप्लव सीले अघि सारेको बताए। उनले भने यो मोर्चा नेपालमा विद्यमान दलाल संसदीय व्यवस्थालाई अन्त गरि नेपाली विशेसताको समाजवाद स्थापना गर्न लामवद्ध बृहत्तर मोर्चा हो।
नेकपा भक्तपुर जिल्ला सदस्य अपार सी द्वारा संचालित अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज अखिल सीको अध्यक्षता रहेको थियो।

नेकपा भक्तपुरका सचिवालय सदस्य आतुर सीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेकपाका पोलिट ब्युरो सदस्य कान्छाराम सी, माओवादी केन्द्रका भक्तपुर जिल्ला अध्यक्ष सुनिल बाबु, क्रान्तिकारी कम्युनिस्ट पार्टी भक्तपुर जिल्ला संयोजक रोजन, प्याप्सन बागमती प्रदेश उपाध्यक्ष सानुराजा कार्की,जनसांस्कृतिक महासंघका महासचिव तथा नेकपा केन्द्रिय प्रतिनिधी समिति सदस्य कुशल सी लगायतको आतिथ्यता रहेको थियो।