‘नेकपाले जनताको सेवा गरेर जनमत लिनु पर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इञ्चार्ज अनिल सीले बिश्व कम्युनिस्ट आन्दोलनका नेता माओले साम्राज्यवादलाई ‘तिमि तिम्रो तरिकाले लड , हामी हाम्रो तरिकाले लड्छौ’ भन्नु भएको सन्दर्भ उल्लेख गर्दै कांग्रेस , एमाले , पूर्वपन्च र कथित मधेसी पार्टीहरु मासु भात खुवाएर जनमत लिने गरेको ठोकुवा गरेका छन्। सोमबार नेकपा बाराको पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
नेता अनिल सीले नेकपाले जनताको सेवा गरेर जनमत लिनु पर्ने बताउदै सायरा खातुन र उनको १४ बर्षिय नावालिक छोरीमाथि भएको हिम्साको प्रतिरोधको नेतृत्व गरेका नेताहरु दिलमहमद सी र किशोर सी लगायतलाई धन्यवाद समेत दिए।
उक्त बैठकको अध्यक्षता दिलमहमद सीले गरेका थिए। उक्त बैठकमा फिरोज सी र जनक सीलगायतका नेताहरुको उपस्थिति रहेको थियो।