महासचिव विप्लव सीद्वारा ललितपुर हरिसिद्धिका स्थानीयसँग भेटघाट

२०८२ बैशाख १४ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले ललितपुर महानगरपालिका वडा नम्बर २८, हरिसिद्धि लामा डोलाका स्थानीय बासिन्दाहरूसँग भेटघाट तथा छलफल गरेका छन्।
भेटघाटका क्रममा परिचय आदानप्रदानका साथै स्थानीय विकासका विभिन्न विषयमा छलफल भएको थियो। विशेषगरी खानेपानी, सडक, ढल निकास र अन्य आधारभूत समस्याहरूका बारेमा स्थानीयहरूले आफ्ना गुनासाहरू राखेका थिए।
स्थानीय बासिन्दाहरूले राजधानीबाट नजिक भए पनि राज्यबाट पाउनुपर्ने सुविधा नपाएको गुनासो गरेका थिए। उनीहरूले विकास निर्माणका कार्यहरूमा राज्यको ध्यान नपुगेको बताएका थिए।
जवाफमा महासचिव विप्लव सीले स्थानीयका समस्याहरूलाई सम्बन्धित निकायसम्म पुर्‍याउन पहल गर्ने बताए। उनले स्थानीयका गुनासाहरूलाई गम्भीरतापूर्वक लिएको र यस विषयमा पार्टीले आवश्यक पहल गर्ने आश्वासन दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]