नेकपाले पर्यावरण संरक्षणका लागि परामर्श र सहकार्य गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पर्यावरण संरक्षणका लागि परामर्श र सहकार्य गर्ने बताएको छ । सो पार्टीको केन्द्रीय पर्यावरण संरक्षण विभागको हालै सम्पन्न बैठकले उक्त निर्णय गरेको बताइएको छ। गत बैशाख ११ गते नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय पर्यावरण ंसंरक्षण विभागका प्रमुख बसन्त सीको अध्यक्षता र नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको बताइएको छ। ।
उक्त बैठकले पर्यावरणसंग सम्बन्धित विभिन्न विषयका विज्ञ तथा अध्यताहरुलाई विभागमा समावेश गर्ने र यसरी समावेश गर्दा विषयको विविधताका साथै क्षेत्रिय एवं लंैगिक सहभागितामा समेत ध्यान दिने निर्णय गरेको बताइएको छ।
यसैगरी, उक्त बैठकले पर्यावरण संरक्षणका विषयमा विभागको समग्र नीति योजना र कार्यक्रमको प्रभावकारीताका लागि पर्यावरणसँग सम्बद्ध विज्ञहरु छलफल गर्ने , पर्यावरणीय समस्या र समाधानबारे पहिले काठमाडांैमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने र क्रमशः देश अन्य स्थानहरुमा पनि पर्यावरण सम्बन्धी कार्यक्रम सम्पन्न गर्ने , पर्यावरण संरक्षणका विषयहरुमा संघीय, प्रदेश तथा स्थानीय सरकारहरुको ध्यानकर्षण गर्ने । विकास निर्माणका कार्यहरुमा वातावरणीय संरक्षणलाई जोड दिन पहल गर्ने , आगामी वर्षातको समयमा वृक्षारोपण कार्यक्रमहरु संचालन गर्ने । त्यस्तै सरसफाई लगायत रचनात्मक कार्यंहरु संचालन गर्ने, पर्यावरण सचेतना र वातावरण संरक्षणबारे एक नयाँ प्रकाशन संचालन गर्ने , पर्यावरण सम्बन्धी विभिन्न प्रचारात्मक र सचेतना कार्यक्रमहरु संचालन गर्ने , पार्टीका बैठकहरु, भेला सम्मेलन तथा प्रशिक्षण र सभा लगायत अन्य सार्वजनिक कार्यक्रमहरुमा समेत पर्यावरणका विषयमा छलफल वहस तथा जागरणका विषयहरु प्रस्तुत गर्ने र पर्यावरण तथा वातावरण संरक्षण सम्बन्धित सरकारी तथा विभिन्न संघ संस्थासँग संवाद परामर्श र सहकार्यका लागि पहल गर्ने निर्न्यसमेत गरेको बताइएको छ।
यसैगरी, उक्त बैठकले पर्यावरण संरक्षणको विषय जीवनको अस्तित्वको विषय भएकोले यस विषयमा सबै सचेत बनांै, सबैलाई सचेत बनाऊँ । सबै जिम्मेवार बनाें । पर्यावरण संरक्षण कार्यमा आ आपनो स्थानबाट अग्रसर बनांंै । भन्ने नाराका साथ् पर्यावरणसँग सम्बन्धित सबै पक्षहरु, सरोकार निकाय, बौद्धिक वर्ग, संचारकर्मी लगायत सम्पूर्णमा पर्यावरण संरक्षण कार्यमा साथ सहयोगका लागि आग्रह समेत गरेको बताइएको छ।