‘सुकुम्बासीहरुलाई पार्टीको ट्याग लगाएर हेर्नू हुँदैन’

२०८२ जेष्ठ १४ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले सुकुम्बासीहरुलाई कुनैपनी पार्टीको ट्याग लगाएर हेर्न नहुने बताएका छन् । मंगलबार घोराही-१३ का एकता , लम्मिडाँडा , रामपुरा टोलका सुकुम्बासीहरुसंग अन्तरक्रिया गर्दै उनले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले सुकुम्बासीहरुलाई कुनै पार्टीको ट्याग लगाएर हेर्न नहुने बताउदै भने– ‘वास्तविक सुकुम्बासीहरु श्रमिक हुन् । उनिहरुलाई ओत लगाउने ठाउँ दिनु राज्यको दायित्व हो । सरकारी तथ्यांकमा १२-१५ लाख सुकुम्बासी छन् । सुकुम्बासीहरुको पक्षमा लडेको पार्टी नेकपा हो , हाम्रो पार्टी हो । झापादेखी कञ्चनपुर सम्मका सुकुम्बासी बस्तीमा डोजर चल्दा लडेका हामी हौं । सुकुम्बासीका पक्षमा लड्दा अहिलेपनी हाम्रा नेताकार्यकर्ताले झुठा मुद्दा खेपिरहेका छन् ।’
महासचिव विप्लव सीले माओवादी भनेको सुखदुखमा लडेको पार्टी भएकाले जनतालाई भुल्न नहुने बताउदै भने– ‘मेरै आखाँले माओवादीका विचलन , झुकाव ,भड्कावहरु देखेपछी हामी अलग भएका हौं । गल्ती , कमिकमजोरी सच्याएर माओवादी एकताबद्ध हुने बेला आएको छ तर रुपान्तरण सहितको एकताको आवश्यकता हो ।’
यसैगरी, महासचिव विप्लव सीले अहिलेको गणतन्त्रले जनताको जीवन बदल्न नसकेको बताए । उनले नेपाली जनताले एकचोटि सबैलाई मौका दिएको सन्दर्भ जोड्दै नेकपालाई मौका दिए मुलुकको विकास र समृद्धिको नयाँ खाका कोर्न सक्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थित सुकुम्बासीका प्रतिनिधिहरुले महासचिवसंग अन्तरक्रिया गर्दै माओवादी घटकहरुको एकतामा जोड दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]